२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता भइरहेको छ : गृहमन्त्री खाँण

आइतवार , मंसिर ४, २०७९

भैरहवा, ४ मंसिर ।
गृहमन्त्री बालकृष्ण खाँणले देशैभरी शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको बताएका छन् । उनले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता भइरहेको बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाँणले आइतबार रुपन्देही–३ अन्तर्गत विभिन्न मतदान केन्द्रमा पुग्ने क्रममा सिद्धार्थनगर–११ मा पत्रकारहरुसँग कुराकानी गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन गराउने सरकारको चाहनाअनुसार अगाडि बढेको बताए ।