
आइतवार , मंसिर ४, २०७९
भैरहवा, ४ मंसिर ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मतदान गरेका छन् । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खाँण क्षेत्र नम्बर १ को मणिग्रामस्थित मतदान केन्द्रबाट दिउँसो ३ बजे मतदान गरेका हुन् । तिलोत्तमा नगरपलिका–८, ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
रुपन्देही क्षेत्र नम्बर ३ का पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खाँणको मताधिकार क्षेत्र नम्बर १ मा रहेकोले आफ्नो उम्मेदवारी रहेको रुपन्देही–३ बाट मतदान गर्न भने पाएनन् । उनका प्रतिष्पर्धीको रुपमा रहेका तीनदलीय तालमेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही–३ का उम्मेदवार तथा पूर्वमन्त्री दीपक बोहराले बिहान साढे ७ बजे सिद्धार्थनगर–३ स्थिता सिद्धार्थ रंगशालामा मतदान गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij