२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली

आइतवार , मंसिर ४, २०७९

काठमाडौं, ४ मंसिर । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५  मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।  आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।

उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताए । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गरेका छन् ।