२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो

आइतवार , मंसिर ४, २०७९

भैरहवा, ४ मंसिर । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले अन्तिम विवरण भने अझै आइनसकेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही समयपछि अन्तिम विवरण आउने जानकारी दिए ।

316317106_574321261363318_6407139746179962132_n.jpg

आइतबार बिहान ७ बजेदखि सुरु मतदान साँझ ५ बजेसम्म चलेको थियो । रुपन्देहीमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेका छन् ।

मतदान सकिएपछि मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजेदेखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।