२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले गरिन् मतदान

आइतवार , मंसिर ४, २०७९

भैरहवा, ४ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य स्वाती थापाले मतदान गरेकी छन् । आइतबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिद्धार्थ रंगशाला मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।

राप्रपा, नेकपा एमाले र जसपा संयुक्त निर्वाचन परिचालन समिति रुपन्देही क्षेत्र नम्बर ३ संयोजक समेत रहेकी थापाले मतदान गरेपछि भनिन्, ‘मुलुकको विकासका लागि तीनदलीय तालमेललाई जिताउनुपर्छ ।’