
मंगलवार , श्रावण १३, २०७७
भैरहवा, १३ साउन ।
लेडिज सर्कल नेपालले भैरहवास्थित भीम अस्पताललाई हात धुन मिल्ने पानी टंकी हस्तान्तरण गरेको छ । कोभिड–१९ को महामारीको बेला भीड हुने अस्पतालाई लक्षित गर्दै अस्पतालमा पानी टंकी जडान गरी हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष आरती अग्रवालले बताइन् ।
पाँचसय लिटर क्षमता रहेको टंकीले अस्पतालमा आउने सेवाग्राहीलाई हात धुन सहयोग पुग्ने कार्यक्रम संयोजक रितु हलुवाईले बताइन् ।
उक्त हात धुने टंकी लेडिज सर्कल नेपालले मंगलबार प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयको उपस्थितिमा भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायलाई हस्तान्तरण गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij