सोमवार , पौष ६, २०७७
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको भेला हुन लागेको छ। प्रधानमन्त्री ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका हुन्।
प्रधानमन्त्री ओलीले आज सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताहरूको भेला बोलाएका हुन।
भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने जनाइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
