२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

प्रचण्ड–नेपाल पक्ष स्थायी कमिटीको निर्णय माधवकुमार नेपाललाई अध्यक्ष बनाउने

मंगलवार , पौष ७, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • काठमाडौं। नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ।

    स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्बाही गरेर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो। 

    सो पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगिने तयारी गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। उनलाई अहिलेका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीको स्थानमा अध्यक्ष बनाउन लागिएको हो।

    अहिले बानेश्वरको कार्की ब्यांकेटमा केन्द्रीय कमिटी बैठक सुरु भएको छ। नेकपाको विधानमा दुई अध्यक्ष हुने व्यवस्था छ। अर्का अध्यक्षमा प्रचण्ड नै निरन्तर रहने बताईएको छ।