२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रतिनिधी सभा विघटनबारे कांग्रेसमा गम्भिर छलफल

बिहिवार , पौष ९, २०७७

काठमाडौं। प्रतिनिधी सभा विघटनबारे गम्भिर छलफल गर्न आज बिहिबार दिउसो १ बजे नेपाली काग्रेस केन्द्रिय समितिको बैठक बस्दैछ । गत पुष ७ गतेबाट शुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संसद विघटनबारे निरन्तर छलफल भइरहेको जनाइएको छ । 

बैठकमा पार्टीका अधिकांश केन्द्रिय सदस्यहरुले ओली सरकारले प्रतिनिधी सभा बिघटन गरेर निरंकुश बन्दै गैरहेको, संबिधान बिरोधी गतिबिधी गरेको, स्वच्छेचारी प्रबृत्ति हावी हुँदै गएको भन्दै ति कदमहरुका बिरुद्धमा कडा प्रतिकार गर्नुपर्ने धारणा राखेका छन् । यद्यपी केही नेताहरुले ओलीको यो कदम नेपाली काँग्रेसका लागि अवसर पनि भएको भन्दै यसको सदुपयोग गर्न सकिने धारणा पनि ब्यक्त गरेका थिए । 

बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले प्रतिनिधी सभा बिघटनबारे कडा टिप्पणी गर्दै आ—आफ्नो धारणा राखेका थिए । बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिशेष कार्यक्रम आयोजना गरि देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । 

यसैगरी बैठकले कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचाररत अन्य सबै बिरामीको पनि शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बैठकमा सहभागि नेताहरुका अनुसार संभवत आजको बैठकले ओली सरकारको बर्तमान कार्यशैली बिरुद्ध ठोस कार्यक्रम तय गर्ने छ ।