२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

प्रचण्ड र चिनिया राजदुत यान्छी वीच भेटबार्ता 

बिहिवार , पौष ९, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चनिया राजदूत होऊ यान्छी वीच भेटबार्ता भएको छ। 

    उनीहरु दुईबीच बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो। प्रचण्ड भेट्न यानछी खुमलटार पुगेकी हुन्। उनीहरुबीच बिहान ९ बजेदेखि करिब आधा घण्टा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिषमा

    राष्ट्रपति बिद्यादेवि भण्डारीले प्रतिनिधि सभा (संसद) बिगठन गरेपछि पहिलो पटक उनले नेकपा अध्यक्ष प्रचण्डलाई भेट गरेकी हुन्। 
    उनीहरुबीच भएको कुराकानीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन। उनीहरु विचको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको नेकपाका नेताहरुले बताएका छन्। 

    नेकपामा विवाद हुँदा यान्छी भेटघाटमा सक्रिय हुने गरेकी थिइन। तर यसपटक भने उनको सक्रियता कम देखिएको थियो। नेकपा भने अनौपचारिक रुपमा विभाजन भइसकेको छ।