
बिहिवार , श्रावण १५, २०७७
भैरहवा, १५ साउन ।
जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)को आयोजनामा वृद्धाआश्रममा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको जेसीज सप्ताह–२०२० अन्तर्गत बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा स्वास्थ्य शिविरको आयोजना गरिएको जेसीज सप्ताह निर्देशक ऋषिराम पाण्डेयले बताए । बुधबार जेसीआई सिद्धार्थले जेसीज सप्ताहको समुद्घाटन तथा सिद्धार्थ बालगृहमा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको पाण्डेयले जानकारी दिए ।
दोस्रो कार्यक्रम अन्तर्गत आयोजना गरिएको स्वास्थ्य शिविरमा वृद्धाआश्रममा रहेको १६ जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक तथा जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष कुशल कुमार उपाध्यायले बताए ।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले जेसीजले व्यक्तित्व तथा नेतृत्वसीपको विकास गर्न सिकाउँदै आएको बताए । उनले वृद्ध आमाबुवाको सेवा गर्नु भन्दा ठूलो काम अरु हुन नसक्ने बताए । वृद्ध अवस्थामा आमाबुवालाई दुई शब्द सम्मानका साथ बोलिदिए उहाँहरु खुशी हुने अग्रवालले बताए ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीले वृद्ध आमाबुवाहरु बस्ने वृद्धाआश्रमलाई रोजेर स्वास्थ्य शिविर आयोजना गरिएको बताए । साउन १५ गते खिर खाने दिनको अवसर पारेर वृद्धवृद्धाहरुलाई खिर पनि खुवाइएको बताए ।
नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर राकेश गुरुङले जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाआश्रममा स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।
युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन संयोजक तेज कुमार के.सी.ले वृद्धाआश्रममा स्वास्थ्य शिविर गर्ने कार्य सराहनीय रहेको बताए ।
श्री सत्य साई वृद्धा आश्रमका अध्यक्ष माया खरेलले वृद्धाआश्रममा आगामी दिनमा पनि सहयोगको आवश्यकता रहेको बताइन् ।
जेसीआई सिद्धार्थ लेडी, नेपालका निवर्तमान अध्यक्ष पार्वती पौडेलले जेसीज लामो इतिहास बोकेको संस्था भएको र विभिन्न संघ–संस्थासंग हातेमालो गरेर अगाडी बढेको बताइन् ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२० का उपाध्यक्ष ओजश शर्माको आस्था पाठ तथा स्वास्थ्य संयोजक अनित कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शिविरमा युसीएमएसका जनरल फिजिसीयन डा. सविना खान र जन्मजय हरिजनद्धारा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij