२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

रुपन्देहीमा प्रचण्ड–नेपाल समुहको कार्यकर्ता भेला जारी 

आइतवार , पौष १२, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको जिल्लास्तरिय कार्यकर्ता भेला रुपन्देहीको तिलोत्तमामा शुरु भएको छ । 

    तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल स्थीत एक होटलमा सुरु भएको भेलामा नेकपाका नेताहरु घनश्याम भुसाल, ओनसरी घर्ती, विजय पौडेल, दधिराम न्यौपाने लगायतले सम्बोधन गर्दैछन ।

    भेलामा अहिले घनश्याम भुषालले सम्बोधन गर्दै छन्। पार्टि विभाजन भएपछि जिल्ला–जिल्लामा नेता र कार्यकर्ता भेला गरेर आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप नेकपाको प्रचण्ड नेपाल समुहले कार्यकर्ता भेलाको आयोजना गरेको हो। रुपन्देही सहित लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दियामा भेलाको आयोजना गरिएको छ।

    भेलामा नेताहरुले नयाँ परिस्थितिअनुसार पार्टीका नेता कार्यकर्तालाई जानकारी गराउने र आगामी रणनीतिका बारेमा प्रशिक्षण दिने केन्द्रीय सदस्य दधिराम न्यौपाने जानकारी दिए।