२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोद सभा गर्दै काग्रेस 

शनिवार , पौष २५, २०७७

भैरहवा। प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ। देशका ३ सय ३० प्रदेश सभाका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको काग्रैसले जनाएको छ। 

गत पुस १३ गते १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको काग्रैसले आज प्रदेशका निर्वाचन क्षेत्रमा प्रर्दशन गर्न लागेको हो। 

प्रदेश सभा निर्वाचन अन्त्रगत रुपन्देहीका १० स्थानमा बिरोध सभा गर्दै छ। जस अनुसार क्षेत्र नम्बर १ को सौदनिय बजार र कोटीहवा, क्षेत्र नम्बर २ को शंकरनगर र नयाँ गाउँ, क्षेत्र नम्बर ३ को भैरहवा र अमुवामा प्रदर्शन गर्दै छ।

त्यसै गरी क्षेत्र नम्बर ४ को बेथरी र मझगवाँ तथा क्षेत्र नम्बर ५ को हाथीबजार र भैसहियामा विरोध प्रदर्शन सहित सभाको आयोजना हुने कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले जानकारी दिए। 

काँग्रेसले आयोजना गरेको बिरोध कार्यक्रमलाई प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ।