images

बिहिवार, बैशाख ६ गते २०८१

के यो मुलुक ‘तीन नेताको’ लहडमा मात्र चल्ने हो ?

के यो मुलुक ‘तीन नेताको’ लहडमा मात्र चल्ने हो ?

images
images
images
सोमवार, जेठ १५ २०८०
सोमवार, जेठ १५ २०८०
  • के यो मुलुक ‘तीन नेताको’  लहडमा मात्र चल्ने हो ?

    आज गण्तन्त्र दिवस सरकारी छुट्टी–मकै भुट्टी । ‘गण्तन्त्र’ नेपालको लागि एैतिहासीक थियो, वर्तमानमा यो नेपाली जनताका लागि गाँडतन्त्र भएकोे छ । यस्तो गाँड जुन निको पार्न पनि धौं धौं भएको छ – नेपाली जनताको महान उपलब्धि भन्ने नेताहरु गणतन्त्र रुपी तरमा माखा बसे झैं झयाप बसेका छन् । यो वास्तवमा नै नेपाली जनताका लागि त्रासदी युक्त भएको छ । जनादेश, जनआन्दोलन र लामो संघर्ष गरेर ल्याएको यो गणतन्त्र ऐले नेपाली जनताका लागि गाँड सरह भएको छ । इतिहासकै कुरा गर्ने हो भने जनतको ‘मत’ र आन्दोलन सबै अवस्थामा ठिक बाटो बाट हिंड्न सक्छ भनेर भन्न सकिन्न । जर्मनमा हिटलरका लाखौं लाख समर्थकहरु थिए र त्यसको अन्त्य सबैलाई थाहा भएकै कुरा हो ।

    images
    images
    images

    देशको राजनीतिलाई असर पार्ने धेरै कुराहरु हुन्छन्, त्यसमा पनि छिमेकीहरुको अत्यन्त प्रवल स्थान हुन्छ । नेपालको राजनीति समाजशास्त्र बुझ्ने हो भने वर्तमान अवस्थाको स्वरुप र गन्तव्य प्रष्ट हुन्छ । 
    बहुसंख्यक युवाहरु यो वा उ पार्टीमा आबद्ध छन्, त्यहाँबाट मुक्त हुन सकेका छैनन् तिनै युवाले समाजलाई बाटो देखाउने हुनाले सारा देश पार्टीगत हिसाबमा विभक्त छ । समाजमा असल खराब वीच भेद हुन सकेन भने त्यो समाज भ्रष्टिकरण तिर लाग्दछ ।

    पार्टीगत रुपामा विभक्त हुनु सामान्य कुरा होला तर पार्टी हाक्नेहरुसँग स्वच्छ राष्ट्रिय दृष्टिकोण, पारदर्शीता र लगनशीलता नभएको वर्तमान अवस्थामा देश भ्रष्टिकरण तर्फ गइरहेको भान हुन्छ । 
    नेपाली आमजनताका लागि साह्रै दुःखको कुरा होे । गाँडमाथि गलगाँडहरु थपिदिएका छन् – सातवटा गलगाँड माथि थुप्रै गलगाँड थुप्रै पिलो दिन प्रतिदिन उम्रिरहेका छन् । आफुलाई ऐतिहासिक र महान पार्टी ठान्ने पार्टी ऐले थाङ्ने पार्टीमा परिणत हुन लागेको भान हुन्छ । यहाँ न्यायालय यक्षलय भएको छ – चोलेन्द्र सम्सेरलाई भक्षण गरियो । यस्ता भक्षण कति भए कति.....। आफ्ना खुशी संविधानको व्याख्या गरि यसैलाई आधार बनाएर सारै कमिना कामहरु भएका छन् । कनै  आन्दोलनको ‘डर’ले कसैलाई मुक्ति दिनु भनेको अपराधलाई पूर्ण रुपमा राज्यले मान्यता दिनु हो ।

    के यो मुलुक ‘तीन नेताको’ लहडमा मात्र चल्ने हो ? यिनीहरुले जे गरे पनि केही नहुने ? हत्या, बलात्कार, घुसखोरी, भ्रष्टाचार आदि जे गरे पनि यिनीहरु कुनै कानून भन्दा माथि छन् ? के देशमा दुइ थरी कानून छ ? हरेका उनीहरुको आवाजमा जनताहरु मैदानमा उत्रिएका होइनन् ? २०४६ को आन्दोलन होस् या २०६२÷६३ को जनताले पुरै साथ दिएका होस् या २०६२÷६३ को जनताले पुरै साथ दिएका होइन ? आज आएर तिनै जनताको सपना माथि किन कुठारघात गरिरहनु भएको हो ? के गणतन्त्र तपाईहरुका पार्टीलाई मात्र आएको हो ? खै न्पाली जनताले त्यसको अनुभूति गर्न पाएको खै ?
    राष्ट्रप्रति तपाईहरले जघन्य अपराध गर्नु भएको छ । त्यो अपराध प्रमाणित हुन सक्तैन किनकि सम्पूर्ण मिशिनरी तपाईहरुकै हातमा छ ।

    यो सोह्र वर्षमा तपाईहरुले देशका लागि के गर्नु भयो ? देश कंगाल हुने गरि ऋण लिएर हवाइअड्डाहरु बनाउँदै हुनुहुन्छ दूर दराजमा ‘सिटामोल’ खान नपाएर जनताहरु मरिरहेका छन् । कृषिको नारा लगाउनुहुन्छ, मल खोइ ? भन्दा आकाश तिर हेर्नु हुन्छ । किन चाहियो हामीलाई ऋण ? खै हाम्रा उद्योग धन्दा ? बाटो बनाउने नाममा सयौं वर्ष टिक्ने हाम्रा वर–पिपलका रुखहरु ध्वस्त पार्नु भयो ? हैन अझ नेपाल आमाको रगत कति पिउनु हुन्छ ? गणतन्त्रको नाममा !! वातावरण बचाउने नारा लगाउनु हुन्छ अनि हजारौं रुख काटेर पनि ऋण लिएर बनउँदै हुनुहुन्छ – धिक्कार छ !
    अलिकति लाज शरम छ भने यो सुन्दर देशलाई ध्वस्त नबनाउनु होस् – देश मिलेर इमान्दार भएर बन्ने हो – कमिशन बाँडफाँड गरेर, लुटेर, ढाँटेर, छलेर देश बन्दैन ।

    ठूला ठूला विल्डिङ्ग, ठूला ठूला व्यापारिक प्रतिष्ठान, ठूला ठूला एयरपोर्ट मात्र विकाश होइन है तीन दले नेताहरु हो । विकास भनेको मानव जिवनमा आउने सकारात्मक परिवर्तन हो –त्यसको विनासबाट विकास कदापि हुन सक्तैन ।

    यो सोह्र वर्षमा तपाईहरु तपाईका परिवार र आफन्तजनको  ठूलो भौतिक विकास भने पक्कै भएको छ । आज गणतन्त्र दिवसमा पनि बधाई भन्ने शब्द निस्कन सकेको छैन, यसको मूलकारण तपाईहरु नै हो। 
    आम नेपाली जनताहरुलाई तपाईहरुले एक स्वरमा भनिदिनु पर्‍यो – तपाईहरुलाई कति भए पुग्छ ?  कि उडुसले झैं सारा नेपालीहरुको रगत नचुसे सम्म नपुग्ने हो ? 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij