
मंगलवार , माघ ६, २०७७
काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग प्रसाद ओलीले प्रतिनिधि सभा पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह गरेका छन्।
नेकपा नुवाकोटका तर काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रम ओलीले प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रियता साथ प्रचार गर्न समेत आग्रह गरेका छन्।
यस्तै अध्यक्ष ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्। अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरेका छन्।
कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट पारेका छन्।
ओलीले भने—अव पछाडी फर्कने होईन, अगाडी बढ्नु नै अग्रगामी हो। सरकार र पार्टी एक ढिक्का भएर अघि बढ्छ भन्ने कुराको बिश्वास आम जनतालाई दिलाउन आवश्यक छ। यसमा सबै नेता कार्यकर्ता ढुक्क भएर लाग्न र हल्लाको पछि नलाग्न आग्रह गर्छु।।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij