२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

अन्तर मन

सोमवार , आश्विन २९, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • गहभरी आँसु हुन्छन् छल्काउने गरेको छैन
    अन्तर मनमा अनेकौ गाठो हुन्छन् फुकाउने गरेको छैन

    नियालेर हेर्दा जीवनको हर पाटो फरक देख्छु म
    अन्यासै आफूलाई हरपल पिरोलिरहेको हुन्छु म

    धर्मिक काव्य पल्टाइपल्टाई हेर्ने गरेको छु कहिले
    हामीले गरेका पूर्व कर्मभोग हो भन्ने उल्लेखित हुन्छ जहिले

    मस्तिष्कले माने पनि उल्लेखित यो ध्रुव सत्य 
    मान्दैन कसैले यो उत्पीडनका सत्यतथ्य 

    व्यवहारिक ज्ञानको कमी छ विशाल यो जगतमा 
    व्चन, वाण र क्षणिक प्रसन्नता दुरदर्शिता छैन मगजमा

    कहाँ गए ती सत वचन सत कर्म पुर्खाले आर्जेका 
    हृदयमा हरि छैन सांसारिक विलासमा छ्न बल्झेका

    दिक्क लाग्छ हेर्दा सुन्दा भक्कानो छुटेर आउँछ मनमा
    त्यसै गरी एकदिन सबैको आउँछ पालो एक मुठी स्वास रहन्न तनमा