images

मंगलवार, बैशाख ११ गते २०८१

राम कुमारीले उठाएको सवाल किन सही छ?

राम कुमारीले उठाएको सवाल किन सही छ?

images
images
images
शुक्रवार, माघ २३ २०७७
शुक्रवार, माघ २३ २०७७
  • राम कुमारीले उठाएको सवाल किन सही छ?

    राजनीतिमा सवाललाई अराजनीतितर्फ मोडने डरलाग्दो षडयन्त्र चलिरहन्छ। यो लामो प्रक्रिया हुँदै आउँछ। केही सन्दर्भहरु हेरौं, राम कुमारी झांक्रीले इमोसनल ब्लाकमेलिंगको राजनीतिक संस्कृतिमाथि विद्या भण्डारीलाई उदहारण दिंदै धेरै कुरा भनिन्। के यो नेपाली राजनीतिमा डरलाग्दो कुरुप पक्ष होइन? दलतन्त्रभित्रको सांस्कृतिक अपचलन होइन? जसबाट आदर्शमा नअडिने राजनीतिक पात्र जन्मिन्छन र मुलुकले दुःख पाउँछ। राम कुमारी झांक्रीको भनाइको आशय यही बुझिन्छ। 

    images

    एउटा कालखण्डमा मदन भण्डारी पार्टीको महासचिव हुनुभयो। उहाँले उठाएका विचार तत्कालिन राजनीतिका मार्गदर्शक थिए। रहस्यमय रुपमा उहाँको हत्या भयो, कथित दुर्घटना भयो। उहाँको देहावसानपछि पार्टीमा लामो योगदान भएका महिला नेतृहरुलाई पछि पार्दै विद्या भण्डारीलाई राजनीतिक रुपमा प्रोजेक्ट गरियो, त्यही पनि जीवराज आश्रित कि धर्मपत्नी माया न्यौपानेलाई अपहेलित जस्तै गरियो। उहाँहरु दुवैप्रति एकखालको असमान व्यवहारको अनुभुति पार्टीमा नभएको होइन। तर राजनीतिक पार्टीको हैसियतमा निरन्तर सेतो सारीको रुपमा लाभका पदहरुमा पुर्याउने शक्तिमा उभ्याउने कुरा सैद्धान्तिक रुपमा समेत गलत हो। हो, राजनीतिक मुद्दा र दृष्टिकोणका आधारमा नै व्यक्तिको समर्थन र विरोध गर्ने संस्कृृतिको विकास हुनुपर्छ।

    यहाँनिर गणतन्त्र नेपालको एउटा महत्वपूर्ण सम्मानित संस्थाका रुपमा उहाँलाई अपमानित गर्ने व्यवहार कहींकतैबाट हुनु राम्रो त होइन। यद्यपी लोकतन्त्रमा राष्ट्रपति पद नागरिक निगरानी भन्दा बाहिर छ भन्ने ठान्नु गलत नै हुनेछ। गणतन्त्र र लोकतन्त्रको पर गएर हुने त्यो पदको व्यक्तिको व्यवहारप्रति नागरिक सम्मान होइन विद्रोह नै गर्ने अधिकार राख्छ नी। 

    अर्कोतिर पार्टी संगठनमा घरबार छाडेर, भुमिगत भएर, व्यक्तिगत आम्दानीमा नलागी जीवनका उर्वर समय खर्चनेको कुनै मुल्य हुँदैन? राजनीतिमा विचार सिद्धान्त र दृष्टिकोणको भन्दा नाता सम्बन्धको मात्र नाम जोडेर मानिसलाई प्रोजेक्ट गर्ने र भावनात्मक सम्बन्धको लुटान होइन र? यसले पार्टीको योजना, दृष्टिकोणलाई कम महत्व र व्यक्तिगत सम्बन्धलाई बढी महत्व दिने संस्कृति विकास गर्दैन? यसले समाजमा पार्ने सांस्कृतिक प्रभाव ख्याल नगरिंदिदाका डरलाग्दा समस्या आएका छन। 

    भारतमा राजीव गान्धी पछि सोनिया गान्धीको प्रवेश जस्तै नेपालको राजनीतिमा पनि त्यो अभ्यास गरिएका दर्जनौ उदाहरण छन। महिला प्रधानमन्त्री वा राष्ट्रपति हुँदैमा महिलाप्रति समाजले हेर्ने दृष्टिकोण बदलिने रहेनछ। त्यस्तो हुन्थ्यो भने पाकिस्तान, बंगलादेश र भारतमै पनि महिलाहरुको दयनीय अवस्था विद्यमान रहने थिएन। मुल कुरा राजनीतिक मुद्दा र चेतना निर्माण नै हो यही कुरा झांक्रीले जोडका साथ उठाउँदा उषाकिरण वा अन्य हरुले उफ्रनुपर्ने कारण छैन। 

    हामीले हेरेका छौ केपी शर्मा ओली सहभागी बैठक, ठूला सभामा मैले सहभागि मौका पाएको छु तर उहाँले सभामा अरु वक्ताको मन्तव्य धैर्य भएर सुनेको देखेको छैन। उहाँ आफुलाई सुनाउने अरुको नसुन्ने नेता हो भन्ने लामो समयदेखि लाग्थ्यो। यही बानी बढ्दै गएपछि कम्युनिष्ट पार्टीको बैठकमा आलोचना समेत सुन्न नसक्ने मनोविज्ञान उहाँमा विकास भएको देखियो। बैठकमा आलोचना गर्ने आफनै सहकर्मीलाई अराजक, हुल्लडबाज र केटा भन्ने तहमा समेत उहाँ गिर्नु भो। उहाँले सदनमा आलोचना सुन्न नसकेर सदन नै विघटन गर्ने तहमा आउनु भो। सबैप्रति समयमै कमिटीका मानिसहरु बोल्ने सच्चाउने गर्ने नियमित प्रचलन बनाएको भए ओली जस्ता आत्मप्रसंसक नेता जन्मने थिएनन। आलोचना सुन्न नसकेर गलत बाटो दुगुर्ने थिएनन्। आलोचना र आत्मालोचनाको सांगठनिक पद्दति र कार्यक्रमको सिंहावलोकन गर्ने संगठनात्मक समीक्षा प्रणालीलाई ध्वस्त बनाएपछि आफनै नेतृत्व आफनै संगठनको मलामी जान्छ भन्ने यो भन्दा गतिलो उदाहरण केही हुन सक्दैन। 

    पार्टी सरकारमा गएपछि नेताहरुका छोराछोरी संलग्न, स्वयं मन्त्रीका आवाजमै लेनदेनका अडियो सार्वजनिक भए। ललितानिवास काण्ड घट्यो। बोइंग खरीद, हयात र यति जस्ता भ्रष्टाचारका घटनाक्रम उठे। तीबारे प्रधानमन्त्रीले नै ढाकछोप गरेको देखियो। भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्री भ्रष्टाचारी मन्त्री बचाउन आफै लागे। तर बिडम्बनापूर्ण स्थिति के भयो भने यसबारे पार्टीमा छलफल नै गर्न नचाहने, एजेण्डा नबनाउने स्थिति बन्यो। ओलीलाई के लाग्छ भने आफु र आफ्नाले भ्रष्टाचार गर्दैनन यो काम अरुले मात्र गर्छन। सत्तामा हुनेले होइन सडकमा हुनेले गर्छन भन्ने उल्टो तर्क गर्छन। 

    कारवाही गर्ने हैसियतमा बसेर औंला अरुतिर उठाउनु राम्रो होइन। सत्तारुढ पार्टीको नेतृत्व गर्नेले समाजमा कस्तो छवि र सन्देश प्रवाह गर्ने भन्ने पनि हेक्का राख्नुपर्छ। तर अझ बिडम्बनाको कुरा गोकुल बास्कोटा अडियो टेपको कुरा गर्दा गगन थापाको बाख्राको खोरको सवाल उठाइदिने, ओली प्रम हुँदा उनका विषयमा कुरा गर्दा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल हुँदा के गरेका थिए भनेर कुतर्क गर्ने काम गरेर विषयान्तर गर्ने कुरा गरिन्छ। अहिले पनि संवैधानिक रुपमा विघटन गर्ने अधिकार नभएको प्रसंग उठाउँदा प्रचण्डलाई स्वीकार्न सकिन्न, माधव नेपालले दाम चढाएको सवाल उठाइन्छ। यो तर्क हो कि कुतर्क हो? यो भनेको सत्ताधारीको असफलता ढाकछोप गर्ने षड्यन्त्र अन्तरगत आएको हौवाहरु हुन। ओली ठिक हुन भनेर भन्न हजार तर्क गरेर पनि नसकिने भएपछि मानिस कुतर्कको सहारा लिँदो रहेछ। यसले पनि जनतामा भ्रम बढाउँदो रहेछ। आज हरेक सचेत मानिसले घटनालाई तथ्य र सत्य संग जोडेर हेर्नु पर्छ। 

    एमाले मनोविज्ञानमाथि दोहन गर्न एक खालको राजनीतिक भावनात्मक व्ल्याकमेलिंगमा ओली पक्षीय राजनीतिक नेताहरु र कथित साईबर सेनाहरु लागेका छन। यसका लागि हिजो युद्धकालका घटना दोहोर्याउँछन। स्थिति यति लामो बाटो हिंडिसक्दा पनि त्यही कुरा उठाउनुका पछाडि स्वार्थ छ विचार छैन। एमाले एमाले एक हुनुपर्छ र जनताको बहुदलीय जनवादी एक हुनुपर्छ भन्नु पनि एक खालको राजनीतिक व्ल्याकमेलिंग हो। जबजको सिद्धान्त आफुलाई प्रधानमन्त्री बन्ने लालचमा छाडने र महाधिवेशनसम्म दुवै विचार लैजाउँ समेत भन्न नसकेर अर्को नाम स्वीकार गर्ने, प्रधानमन्त्री आलोपालो हुने आफै सहमति गर्ने तर पछि सहमति कार्यान्वयन होस भन्दा प्रचण्ड र माधव नेपाललाई पदलोलुप भन्ने हौवा देशभर साईबर र युटुवरहरुलाई पैसा दिएर चलाउने, बामदेवलाई अध्यक्ष हुनका लागि प्रधानमन्त्री बनाउने वचन दिने र प्रतिनिधिसभामा हराउन आफै पक्षीय नेता लगाउने सदनमा आउन नै नदिने, अष्टलक्ष्मी जस्तो आफ्नै कमिटीको उपाध्यक्षलाई आफुनै उठन भनेर प्रदेशसभामा हराउने काम गरी तेजोबध गर्ने यस्ता षड्यन्त्रपूर्ण काममा ओली लागि नै रहे।  

    उनको पार्टी संगठन यस्तै जोड घटाउमा बित्यो, कहिल्यै संगठन निर्माणमा बितेन। जेलमा बस्दा संगठन जानेनन् र बाहिर निक्ले पछि गुटबन्दी मात्र जानेको र गरेको उदाहरण छ। यस्ता षड्यन्त्रकारीहरुको भुमिका सवालहरुलाई विषयन्तार गर्ने र प्रहार गरी भ्रम छर्ने रहँदै आएको छ। यस्ता भ्रमहरुबाट मुक्त गर्ने र गराउने काममा सचेत वर्गले भूमिका निभाउनुपर्ने देखिन्छ। यसर्थ सवालमा आधारित बहस नगरी विषयान्तरित बहस हुनु राम्रो हैन। सिधा प्रश्नको सिधा जवाफ आउनुपर्छ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij