images

शनिवार, बैशाख १५ गते २०८१

एशियाली देशमा भ्रष्टाचार गम्भिर अवस्थामा

एशियाली देशमा भ्रष्टाचार गम्भिर अवस्थामा

images
images
images
बुधवार, फाल्गुण ९ २०८०
बुधवार, फाल्गुण ९ २०८०
  • एशियाली देशमा भ्रष्टाचार गम्भिर अवस्थामा

    भ्रष्टाचार धारणा सूचकहरुको आधारमा यो आलेख तयार गरिएको हुँदा यसबारेमा थोरै कुरा स्पष्ट पार्दा अन्यथा हुने छैन । यो  स्पष्टताले प्रस्तुत डाटाहरुलाई बुझ्न पनि सरल हुने विस्वास गरिएकोले भ्रष्टाचार,सूचकाङ्क र धारणा बारेमा थोरै कुरा उल्लेख गरिएको छ ।

    images

    धारणा भनेको  सामान्य अर्थमा मनमा भएको दृढ निश्चय वा सद्विचार हो । यो आलेखको सन्दर्भमा भ्रष्टाचारको बारेमा सप्रमाण उभिनु वकालत गर्ने, समाज, ब्यक्ति र राष्ट्रलाई सुधार गर्ने, राम्रो मार्गमा परिचालन गर्ने र समुन्नत बनाउने सद्विचारलाई सकारात्मक रुपमा धारणा भनेर भनिन्छ।

    भ्रष्टाचारलाई परिभाषागत रुपमा धेरै तरिकाबाट धेरै संस्थाहरुले बुझाउने ब्याख्या गर्ने गरेको पाईन्छ । ती परिभाषा तथा ब्याख्याहरुलाई आत्मसात् गर्दै सामान्य अर्थमा बुझ्दा कानुन विरुद्व नैतिकपतन हुने काम, घुस खाई पक्षपात गरिने निर्णय, भ्रष्ट मनासायबाट गरिने काम आचरण भनेर बुझ्न सकिन्छ, भन्ने कुरा नेपाली शब्दकोषहरुमा पनि भनिएकोले यो प्रसङ्गमा सोही अनुसार विश्वव्यापी रुपमा बुझ्दा अत्युक्ति हुने छैन । यसैगरी यो आलेखमा सूचकाङ्क भनेको भ्रष्टाचारमा कुन देश कहाँ पुगेको छ, कुन अवस्थामा सुधार आएको छ, उस्तै छ वा झन अवनतीको अवस्थामामा छ भनेर बुझाउनका लागि प्रयोग गरिएका स्कोर र श्रेणीका अंकहरु नै सूचक भएको हुदा यी सूचकहरु भ्रष्टाचारकोे मुल्य बताउने तथ्याङ्क हुन् भनेर बुझनुपर्ने हुुन्छ। यसलाई   भ्रष्टाचार धारणा सूचकाङ्क  भनेर बुझ्दछौ ।

    हरेक वर्ष हामीलाइ पारदर्शी अन्तर्राष्ट्रिय संस्था (ट्रान्स्पारेन्सी  ईन्टरनेश्नल) ले विश्वको भ्रष्टाचारको अवस्था बारेमा सूचना दिने गर्दछ । सन १९९३ मा स्थापना भएको यो संस्थाले हालसम्म ३० वर्ष भन्दा बढीको कार्यअवधि पुरा गरिसकेको छ। संसारका देशहरुको भ्रष्टाचार जस्तो अक्षम्य अपराधलाई विभिन्न माध्यमबाट अनुसन्धान तथ्याङ्कहरु संकलन गरी कुनै पनि देशको भ्रष्टाचारको श्रेणी निर्धारण गर्नु सजीलो काम होईन।

    त्यसैले  भ्रष्टाचारधारणा सूचक तथ्याङ्क श्रोतमा घुसखोरी, सार्वजनिक कोषको डाइभर्सन, निजी लाभको लागि सार्वजनिक कार्यालयहरुको प्रयोग, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारको क्षमता, भ्रष्टाचारका अवसर बढाउन रातो टेप, सरकारी सेवामा नातावादी नियुक्तिहरु, भ्रष्टाचारका विरुद्व रिपोर्ट गर्नेहरुका लागि कानुनी सुरक्षा, संकीर्ण निहित स्वार्थका लागि राज्य कब्जा, सार्वजनिक तथा सरकारी गतिविधिहरु र सूचनामा जानकारीमा पहुँच, सार्वजनिक अधिकारीहरुको निहित स्वार्थसग सम्बन्ध राख्ने वित्त तथा संभावित चासो सुनिश्चित गर्ने कानुनहरुको निश्चितता जस्ता कुराहरु समावेश गरिएका हुन्छन् ।

    बर्टेल्सम्यान फाउण्डेसन, ग्लोवल इन्साईट, भेरायटीज अफडमोक्रेटिक प्रोजेक्ट, विश्व बैँक वर्ल्ड इकोनमीक फोरम, वर्ल्ड जस्टिक प्रोजेक्ट जस्ता संस्थाहरुले माथिका श्रोतमा आधारित रहेर

    • १.पदको दुरुपयोग,पदाधिकारीमाथि कारवाही, सरकारी नियन्त्रणको प्रयास
    • २.ब्यपार ब्यवसाय ठेक्कापट्टा आयात निर्यातमा घुस
    • ३.राजनीतिक भ्रष्टाचार र संसद,न्यायपालिका कार्यपालिका सम्वन्धि भ्रष्टाचार
    • ४.सार्वजनिक पदाधिकारी हरुको काम कारवाहीको निरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहूूँच, सिमित ब्यक्तिको राज्यसञ्चालनमा पकड
    • ५. आयात निर्यात सार्वजनिक सेवा,कर भुक्तानी ठेक्कापट्टा, न्यायिक निर्णयमा भ्रष्टाचार
    • ६.सरकार न्यायालय संसद र सुरक्षा निकायका प्रतिनिधिहरु द्वारा निजीस्वार्थको लागि सार्वजनिक पदको दुरुपयोग जस्ता विषयहरुमा तथ्याङ्ग संकलन गरेका हुन्छन  ।

    सन २०१२ देखि सन २०२३ सम्म  १६८ देखि १८० देशहरु भष्टाचार धारणा सूचकाङ्क भित्र समावेस भएको अभिलेख छ । यो अवस्थालाई विश्लेषण गर्दा सम्वन्धित देशले प्राप्त गरेको अंक (स्कोर) को आधारमा उनीहरुको श्रोणी (र्‍याङ्क) निर्धारण हुन्छ । यसको पूणाङ्क १०० हुन्छ । जुन देशहरुले कम अंक (स्कोर) हासिल गर्दछन् ती देशहरुमा उच्चतहको भ्रष्टाचार भएको छ भन्ने बुझिन्छ। जब शुन्य देखि उकालो लाग्दै  कुनै देशले १०० अंक (स्कोर) प्राप्त गर्‍यो भने त्यो देशमा भ्रष्टाचार शुन्य छ भनेर बुझनु पर्ने हुन्छ। यसमा ५० भन्दा कम अंक (स्कोर) प्राप्त गर्ने देशहरुमा गम्भिर प्रकृतिको भ्रष्टाचार समस्या छ भन्ने बुझनु पर्ने हुन्छ।

    भ्रष्टाचार न्युनीकरणमा नेपालले खासै प्रगति गर्न सकेको देखिदैन। किनभने सन् २०१२ मा भ्रष्टाचार अवधारण सूचकाङ्कको विश्व मानचित्रमा २७ स्कोरमा १३९ औ श्रेणीमा उभिएको नेपाल सन् २०२३ सम्म आउँदा  ३५ स्कोरमा १०८ औ राष्ट्रको रुपमा मात्र पुुग्न सकेको छ। यसपटक सन् २०२३ को लागि विश्वमा १८० देशहरुलाई भ्रष्टाचार धारणा सूचकाङ्कमा राखेको थियो । १८० देश मध्ये दुईतिहाई देशहरु ५० भन्दा तल स्कोर गरिएको कारण तीनीहरुसंग गम्भिर भ्रष्टाचारका समस्या भएको कुरा संकेत गरिएको छ ।

    ३६ देशहरुले ५० भन्दा तलका स्कोर (१३ देखि ४७ सम्म) प्राप्त गरी ६२ देखि १७६ सम्मको स्थानमा पर्न गएका छन् । यी देशहरुमा गम्भिर भष्टाचार समस्या छ भनेर बुझनुपर्ने भएको छ । युरोपका ४२ देशहरु १ देखि १४१ सम्मको  श्रेणीमा अभिलिखित छन् । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुुकहरु पनि यही महादेशमा रहेका छन् । अफ्रिकाका ९० प्रतिशत देशहरुको अवस्था ५० भन्दा तलको स्कोरमा सिमित देखिएकोले त्यहाँको स्थिति गम्भिर भएको बुझिन्छ। यही परिवेशमा यो आलेखमा एशियाली राष्ट्रहरुमा भ्रष्टाचारको सामान्य अवस्था विश्लेषण गर्ने प्रयास गरिएको छ।

    एशियाका देशहरु जस्ले आजभन्दा १० वर्ष अगाडी भ्रष्टाचार धारणा सूचकाङ्क स्कोर र श्रेणीमा आफूूलाई प्रस्तुत गरेका थिए । हालसम्म आईपुुग्दा पनि त्यसमा आशातीत प्रगति देखिदैन। जापान, मलेसिया, सिङ्गापुर, ब्रुनाइ, युनाईटेड अरबइमीरेट, इजराईल, जर्जीया, कतार, साईप्रस, भुटान, दक्षिण कोरीया, एसियाको मुल्याङ्कनमा सकारात्मक टप टेन मै आसन जमाएका थिए। तिनीहरुले ५२ देखि  ७६सम्म स्कोर प्राप्तगरि ७ देखि ५१ नंम्बरको श्रेणीमाआफूलाई प्रस्तुत गरेका थिए । अहिले सन २०२३ को ऋएक्ष्मा  पनि भुटान लगायतका यी देशहरु  ५० देखि ८३ सम्मको स्कोर प्राप्तगरी ५ देखि ५७ सम्मको श्रेणीमा उभिएका देखिन्छन् ।

    सन् २०२३ को  ऋएक्ष् तुलनात्मक रुपमा राम्रो  अंक प्राप्त गर्नेमाएसियाका देशहरु सिङ्गापुर,मलेसिया, जापान, दक्षीण कोरिया,भुुटान युनाईटेड अरब यमीरेट, इजरायल, कतार, साईप्रस,जर्जीया रहेका छन् । यिनीहरु ५ देखि ५७औ. श्रेणीमा पर्न  गएका छन् । यीनीहरुको स्कोर  ५० देखि  ८३ अंक सम्म रहेको छ । यी देशहरु नै समग्र एशिया महादेशका लागि टप टेनमा पर्दछन् । यस मध्येको सिङ्गापुर, विस्वका शिर्ष दस ९त्इए तभल० मध्ये पनि ५ औ श्रेणीमा पर्न गएको छ ।

    पूर्वी गोलार्धको ठूूलो महाद्वीप एसियालाई पाँच भागमा विभाजन गरेर हेर्ने र विश्लेषण गर्ने प्रचलन अनुसार केन्द्र एसिया, पूर्वी एसिया, दक्षीण एसिया, दक्षिणपूर्व एसिया, पश्चिम एसिया गरी पाँचभागमा विभाजन गरिएको छ यही भुगोललाई आधार मानेर सन २०२३ को भ्रष्टाचार धारणा सूचकाङ्कलाई तालिकीकरण गरि हेरिएको छ ।

    जस अनुसारःयस क्षेत्रको मध्य एसिया पर्ने देशहरु उजवेकीस्तान, किर्गीस्तान, काजाकीस्तान, तुर्कमिनीस्तान र ताजकिस्तानहरु पनि ठुलो गम्भिर भ्रष्टाचार समस्यामा रहेको देखिन्छ। अहिलेको अवस्थामा जस्को स्कोर १८ देखि ३९ सम्म रहेको छ। यिनीहरु ९३ देखि १७० सम्मको श्रेणीमा रहेको छन् । काजकिस्तानको स्कोर ३९ छ भने श्रेणी भारतको जस्तै ९३ रहेको छ । यो स्कोरले के बताउछ भने भ्रष्टाचारको मामलामा यी माथिका पाँच देशहरुको अवस्थामा सुधार हुन सकेको छैन्।

    पूर्वी एसियातर्फ हेर्ने हो भने जापान र दक्षिण कोरिया बाहेक उत्तर कोरिया, मंगोलीया र चीन पनि स्कोर ५० भन्दा कम ल्याउने देशमा परेका छन् । उत्तर कोरिया र मंगोलीयाको अवस्था निकै गम्भिर छ। उत्तर कोरियाले १७ स्कोरमा आफूलाई १७२औं श्रेणीमामा राखेको छ। यसैगरी मंगोलीयाले ३३ स्कोर प्राप्तगरी १२१औ श्रेणीमा उभिएको छ। आजभन्दा १० वर्ष अगाडि उत्तरकोरिया १७४ औं र मगोलीया ८० औं  स्थानमा थियो । यसरी हेर्दा यी देशहरुमा पनि भ्रष्टाचारका जालो बलियोसँगै फिजारीएको बुझिन्छ।

    दक्षिण पूर्वी एसिया तर्फ दृष्टि दिने हो भने सिङ्गापुरले ८३ स्कोर प्राप्त गरी आफूलाई पाँचौं श्रेणीमा पुर्‍याएको छ। यसैगरी मलेसीयाले ५० स्कोरमा टेकि ५७ औं श्रेणीमा आफूलाई पारेको छ। यो क्षेत्रका अन्य नौ देशहरुले ५० भन्दा कम अंक प्राप्त गरेका छन् र यिनीहरु ७० देखि १६२ सम्मको श्रेणीमा परेको देखिन्छ। सन् २०१४ मा यि देशहरुको अवस्थासंग तुलना गर्दा फिलिपिन्स, म्यानमार, थाइल्याण्ड, भेयतनाम, कम्बोडिया र लाओसको अवस्थामा राम्रो भन्न मिल्ने आधार छैन्।

    पश्चिम एसिया तर्फका देशहरु हेर्दा ६ वटा देशहरुले ५३ देखि ६८ सम्म स्कोर प्राप्त गरेका छन् । यिनीहरु अहिलेलाई २६औं देखि १७६औं सम्मको श्रेणीमामा स्थापित भएका छन्। यमन, सिरिया, लेवनान अजरवैजान, इराक तीन अंकको श्रेणीमा रहेकाछन् । अन्य  ६ देशहरु ५० अंक भन्दा तलको स्कोरमा उभिएका छन् । यिनीहरुको श्रेणी पनि ५५ देखि ६७ सम्म रहेको छ। दक्षिण एसियातर्फ हेर्दा भुटानले मात्र ६८ अंक प्राप्तगरी आफूलाई २६औं स्थानमा राख्न सफल भई कम भ्रष्ट देशमा भएको सावित गरेको छ। भारत र मालद्वीप समान ३९ अंकमा ९३औं को श्रेणीमा रहेका छन् । यसैगरी  नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, श्रीलङ्का १०८औ देखि १६२ औं सम्मको श्रेणीमा परेका छन्। यिनीहरुको स्कोर पनि २० अंक देखि ३५ अंकसम्म रहेको छ। यसरी यी देशहरु पनि गम्भिर भ्रष्टाचारको दायरामा देखिन्छन्।

    यसरी यी माथि उल्लेखित स्कोर र अंकहरु हेर्दा सामान्यतया कस्तो के मा भष्टाचार भनि अभिलेख गरिएको होला जस्तो लाग्नु स्वभाविक हो । यस्ता भ्रष्टाचारहरु सार्वजनिक र निजी क्षेत्रसंग जोडिएका हुन्छन्। यसभित्र सार्वजनिक कोष, निजीलाभका लागि  प्रयोग गरिएका स्थान (सरकारी कार्यालयहरु) भ्रष्टाचार नियन्त्रणका लागि सरकारले गरेका काम र सरकारको क्षमता, भ्रष्टाचार बढाउने लालफिता शाहीहरु, नातावादका आधारमा सरकारी सेवाका नियुुक्तिहरु, भ्रष्टाचार विरुद्ध लड्ने लेख्ने भन्नेहरुका लागि कानुनी सुरक्षा, संकिर्ण नीहित स्वार्थका लागि राज्य कब्जा, सार्वजनिक तथा सरकारी गतिविधिहरुका सूचनाको प्रवाह र पहुँच, सार्वजनिक अधिकारीहरुको नीहीत स्वार्थसंग सम्वन्ध राख्ने वित्त आदि कानुनहरुको निश्चितता जस्ता कुराहरुले नै माथिका डाटाहरुलाई बलवान बनाएको हुन्छ।

    यी माथी उल्लेखित कुराहरुलाई आधार मानेर भ्रष्टाचारका कुराहरु खोदलिन्छ र यसैको आधारमा प्रक्रियागत रुपमा स्कोर निर्धारण गरिन्छ । यो स्कोरलाई श्रेणीमा रुपान्तरण गरेर प्रस्तुत गरिएको हुन्छ । जसको सवैभन्दा धेरै स्कोर आएको हुन्छ त्यो स्कोरले त्यो देशको भ्रष्टाचारको अवस्थालाई श्रेणीबद्ध गर्न वस्तुगत रुपमा बुझ्न सहज तुल्याउँछ। सन २०२३ मा सोमालिया संसारका १८० राष्ट्रमध्ये सवैभन्दा कम स्कोर (११) प्राप्त गरी १८०औं स्थानमा दहरिन पुग्यो र विश्वमा भ्रष्टाचार हुने राष्ट्रहरुमध्ये अग्रस्थानमा देखियो । यही प्रक्रियाबाट डेनमार्कले सन् २०२३ मा सवैभन्दा धेरै स्कोर (८६) प्राप्त गरी प्रथम स्थान हासिल गर्न पुुग्यो । जुन देशमा तुलनात्मक रुपमा निकै कम भ्रष्टाचार हुदो रहेछ भन्ने  बुझ्न सरल भयो । यसैगरी हामी बसेको एशिया महादेशको दक्षीणपूर्वी एसिया अवस्थित सिङ्गापुरले ८३ स्कोर प्राप्तगरी विश्वमा पाँचौ श्रेणीमा र एसियामा प्रथम श्रेणीमा आफ्नो नाम राख्न सफल भएको छ। यसरी एसियाको समग्र अवस्थामा पचास प्रतिसत भन्दा धेरै देशहरुमा गम्भिर प्रकृतिको भ्रष्टाचारहरु हुने गर्दछन् । यसबाट नेपाल पनि अछुतो छैन भनेर अहिलेलाई बुझनु पर्ने भएको छ।

    नोटः  ट्रान्स्पारेन्सी ईन्टरनेश्नलको रिपोर्टहरुको  आधारमा  यो आलेख तैयार गरिएको हो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij