२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

ठूला नेता र कर्मचारीको सम्पत्ति छानबीन गर्नुपर्छ : मन्त्री गुप्ता

आइतवार , फाल्गुण १३, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, १३ फागुन ।
    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)ले देशको आर्थिक अवस्था सुधार गर्नका लागि ठूला नेता र कर्मचारीको सम्पत्ति छानबीन गर्नुपर्ने बताएका छन् । उनले सम्पूर्ण ठूलाबडा नेता र कर्मचारीको सम्पत्ति छानबीन नगरेसम्म यो देशको आर्थिक अवस्थामा सुधार आउँदैन जस्तो आफूले बुझेको बताए ।

    सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको ४२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई  सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले भने, ‘विभिन्न कार्यक्रम मैले सम्पत्ति छानबीन हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको छु । तर, कुनै सुनुवाई भएको छैन । यो देशको ठूलो बिडम्बना हो ।’

    उनले पुराना राजनीतिक दलका नेताहरु सत्ता र कुर्सीका लागि मात्र राजनीति गरेको जस्तो देखिएको बताए । मन्त्री गुप्ताले आजको समयमा यो देशलाई कसरी समृद्धितर्फ लैजान सकिन्छ भन्ने सपना बोक्नुपर्नेमा जोड दिए ।

    उनले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । उनले आफूले सन शाइन आवासीय माविमा अध्ययन गरेको र विद्यालयको वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रुपमा बोल्न पाउँदा खुसीको अनुभुति भएको बताए । मन्त्री गुप्ताले भने, ‘शिक्षा क्षेत्रको विकास अपरिहार्य छ । विद्यालयको लागि सामाजिक विकास मन्त्रालयबाट विद्यालयका लागि केही काम गर्न सकौं भन्ने सोच छ । आमाबुवासँगै शिक्षकशिक्षिका हाम्रो भगवान हुन् । यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भविष्यमा प्रधानमन्त्री बन्छु भन्ने सोचका साथ अघि बढ्नुपर्छ ।’

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयर पदमा झिनो मतले पराजित भए पनि निर्वाचित मेयर भन्दा आफ्नो बढी चर्चा भएको उनले दावी गरे ।