२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

चोरी तस्करी नियन्त्रणमा विशेष ध्यान दिन सिद्धार्थ उवासंघको आग्रह

आइतवार , फाल्गुण १३, २०८०

भैरहवा, १३ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नवआगन्तुक सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत गरेको छ । संघले आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर, सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हरिश बहादुर विष्टसँग भेटघाट तथा छलफल गरेको हो ।  

भैरहवास्थित संघको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने उद्योगी–व्यवसायीहरुले अवैध सामान भित्रिए त्यसले उद्योगी–व्यवसायीसँगै मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने भएकाले अवैध गतिविधिको नियन्त्रणतर्फ सुरक्षा निकायले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भारतबाट अवैध रुपमा भित्रिने सामानका कारण नेपाली व्यवसायी मारमा परेकाले चोरी तस्करी नियन्त्रणमा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गरे । उनले सुरक्षा निकायसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले उद्योग–व्यवसाय सञ्चालन गर्न शान्ति सुरक्षा अपरिहार्य रहेको बताए ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले पहिला भन्दा अझ राम्रो काम गर्ने धारणा राख्नुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, ‘जिल्लाको वस्तुस्थिति जानकारी गराएपछि सुरक्षा निकायका प्रमुखहरुले उद्योगी–व्यवसायीको साथ आवश्यक रहेको र विगतमा भन्दा अझ राम्रो काम गर्ने बताउनुभयो । ’

428620130_3046055208862365_3048226636675366317_n.jpg

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवाल, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेलगायतले भनाइ राखेका थिए ।