images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीबाट दुईजना फरार प्रतिवादी पक्राउ

रुपन्देहीबाट दुईजना फरार प्रतिवादी पक्राउ

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • रुपन्देहीबाट दुईजना फरार प्रतिवादी पक्राउ

    भैरहवा, १५ फागुन ।
    प्रहरीले सोमबार दुईजना फरार प्रतिवादीलाई रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ घर भइ हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा बस्दै आएका धन बहादुर पाण्डे र रुपन्देहीको रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरका मन्देश हरिजन रहेका छन् ।

    images

    बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना भइ अर्घाखाँची जिल्ला अदालतको फरार सूचीमा रहेका धन बहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पठाइएको डीएसपी भट्टले जानकारी दिए ।

    त्यस्तै तनहुँ जिल्ला अदालतको २०७९ पुस ३ गतेको फैसलाले २ वर्ष कैद सजाय र रु. १ लाख जरिवाना भइ फरार रहेका २३ वर्षिय मन्देशलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको र जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको डीएसपी भट्टले जानकारी दिए ।  

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij