images

सोमवार, बैशाख १७ गते २०८१

‘उद्योगी–व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले धेरै समस्या समाधान हुन्छ’

‘उद्योगी–व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले धेरै समस्या समाधान हुन्छ’

images
images
images
मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • ‘उद्योगी–व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले धेरै समस्या समाधान हुन्छ’

    भैरहवा, १५ फागुन ।
    उद्योगी–व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले धेरै समस्या समाधान गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले समन्वय र सहकार्यमार्फत विभिन्न समस्याहरुको समाधान गर्न सकिने बताए ।

    images

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) सिद्धार्थनगर–९, रुपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले रुपन्देही सम्भावना र चुनौती दुवै भएको जिल्ला भएको बताए । उनले भने, ‘शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुहुने सुरक्षा निकायलाई धन्यवाद । यहाँहरुको कार्यकाल सफल रहोस् । ’ अध्यक्ष श्रेष्ठले संगठनले उद्योगी-व्यवसायीको हकहितसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

    संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले मुख्य नाकामा कडाइ भए पनि भारतबाट अन्य नाकाहरु हुँदै भन्सार छलेर सामान नेपाल सहजै भित्रिरहेकोप्रति ध्यान दिनुपर्ने बताए । उनले केही व्यक्तिले थोरै सामान ल्याए पनि भन्सार गर्नुपर्ने र केहीले घरमै बसेर सामान पाउने प्रवृत्ति हटाउनुपर्ने बताए । उनले भने, ‘विशेष गरी रातको समयमा भारतबाट भन्सार छलेर नेपालमा सामान आउने गरेको छ । यसतर्फ विशेष ध्यान दिएर आवश्यक कदम चाल्नुपर्छ ।’ उनले पर्यटकलाई चेकिङको नाममा दुःख दिन नहुने बताए । सहज रुपमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने वातावरण बनाउनुपर्ने उनले बताए ।

    संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले नाकामा कडाइ गर्नुपर्छ भन्ने तर आफै भन्सार छलेर ल्याइएको सामान किनेर विक्री गर्ने केही व्यवसायीको पक्षमा संस्था नरहेको स्पष्ट पारे । उनले यस्ता कार्यमा संलग्नलाई निगरानी गर्नुपर्ने माग गरे । उनले सुरक्षा निकायलाई सूचना दिएर सहयोग गर्ने बताए । 

    संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले शान्ति सुरक्षाका लागि एक पक्षले मात्र नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

    संगठनकी सल्लाहकार ज्ञानु पौड्यालले शान्ति सुरक्षाको प्रत्याभूति भए उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्र फस्टाउन सक्ने बताइन् । उनले समन्वय र सहकार्यले धेरै समस्याको समाधान गर्न सकिने बताइन् । उनले भनिन्, ‘रुपन्देही संवेदनशील जिल्ला पनि हो । यहाँ विभिन्न चुनौती पनि छन् । ’

    सल्लाहकार डा. ऋषिराम शर्माले जनताको वास्तविक समस्या बुझेर अगाडि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गरे ।
    संगठनका सल्लाहकार भोपेन्द्र प्रसाद यादवले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकोले भारतमा विवाह गरेपछि सम्बन्धित परिवारलाई दिइने सामानहरु नेपालमा ल्याउन पाउने कि नपाउने भन्दै प्रश्न गरे । उनले १ सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार गर्नुपर्ने प्रावधानले त्यस्तो परिवार मर्कामा पर्ने बताए ।

    संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले रुपन्देहीमा मिश्रित समुदायको बसोबास हुने भएकाले सभ्य र खुल्ला सीमा नाका भएकाले चुनौती पनि रहेको बताए ।

    संगठनकी सचिवालय सदस्य तथा आस्था महिला उद्यमी संघ सिद्धार्थनगर अध्यक्ष विन्दु न्यौपानेले नवआगन्तुक सुरक्षा निकायका प्रमुखहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेलले सुरक्षा निकायले विगतझैं नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास गरे ।

    संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले विशेष गरी रातीको समयमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), शिक्षण अस्पताल नजिकै ठूला आवाज निकाल्ने मोटरसाइकल कुदाउने र आएर होहल्ला गर्ने काम भइरहेकोले त्यसतर्फ निगरानी बढाउन आग्रह गरे ।

    संगठनका कार्यसमिति सदस्य सुमन न्यौपानेले बेलहिया–बुटवल सडकखण्ड अन्तर्गत धेरै वर्षदेखि बेलहियामा सडक निर्माण हुने नसकेकोले यसतर्फ सुरक्षा निकायले पनि पहल गरिदिन आग्रह गरे ।

    संगठनका सल्लाहकार अर्जुन कुमार गिरीले सीमा क्षेत्रमा प्रहरीले अझ गम्भिरताका साथ ‘डयुटी’ गर्नुपर्ने बताए । उनले विभिन्न संकटको समयमा बेलहियाबासीले योगदान गरेको चर्चा गरे ।

    राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उपअनुसन्धान निर्देशक हरिश विष्टले सूचना दिएर सहयोग गर्न आग्रह गरे । उनले खुल्ला सीमा भएका जिल्लाको समस्या मिल्दाजुल्दो रहेको र समस्या समाधानका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेको बताए ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापाले अवैध रुपमा सामान निकासी हुन नदिन संवेदनशील रहेको बताए । उनले भने, ‘जिल्लामा शान्ति सुरक्षा कायम गर्न कटिबद्ध छौं ।’

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी (एसपी) रंजित सिंह राठौरले सीमा क्षेत्रमा चेकिङलाई व्यवस्थित बनाउने बताए । उनले अवैध चोरी तस्करी नियन्त्रणका लागि सामूहिक रुपमा काम गर्दै आएको बताए । एसपी राठौरले विकास निर्माणका कार्य सम्पन्न नहुँदा सुरक्षा चुनौती बढ्ने भएकाले त्यसतर्फ पनि आवाज उठाउने बताए । उनले कुनै प्रहरी कर्मचारीबाट दुःख पाएको भए जानकारी गराउन आग्रह गरे । उनले होटलमा बसेर अपराधका योजना बन्ने गरेकाले होटलमा रेकर्ड सिस्टमलाई व्यवस्थित गर्न व्यवसायीलाई आग्रह गरे । 

    IMG_8183.JPG

    उद्योग व्यापार संगठन रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी (एसपी) रंजित सिंह राठौर, सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उपअनुसन्धान निर्देशक हरिश विष्टलाई स्वागत गरिएको थियो ।

    IMG_8160.JPG

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij