२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

त्यो मन सँग यो मन

बुधवार , फाल्गुण १६, २०८०

त्यो मन सँग यो मन
रात गहिरिंदै जान्छ
मन उडानमा भरिदैं जान्छ
न भन्न सकिन्छ 
न मनाउन सकिन्छ 
नभुलाउन सकिन्छ 
यो मन ‍...

कस्तो अचम्म छ 
अनि छ गजब
मन मन्दिरमा बसेको छ
रातको अँध्यारोमा 
यता उति छाम छुम गर्दा पनि
किन भेटिंदैन ? त्यो मन 
कता कता भित्रभित्र
लुकेको छ 
त्यो मन खोज्दै यो मन ..

जति खोजे पनि किन 
भेटन सकिंदैन ?
महासागरबाट मोति 
निकल्न सकिएला !
तर, किन त्यो मन सँग
एकाकार हुँदैन यो मन

विशाल आकाशभित्र कतै
हरेक रात डुबुल्की खेल्दा पनि
किन बिलुप्त छ त्यो मन ???

जति खोजे पनि 
न धर्तीमा न अम्बरमा
न जलमा 
कहाँ छ त्यो मन 
लौ मलाई भनिदेउ
एकाकार हुन मन छ 
त्यो मन सँग यो मन 
त्यो मन सँग यो मन