images

सोमवार, बैशाख १७ गते २०८१

सिद्धार्थ सञ्जालले भन्यो : ट्याक्सी र ई–रिक्साको भाडादर व्यवस्थित गर्नुपर्छ

सिद्धार्थ सञ्जालले भन्यो : ट्याक्सी र ई–रिक्साको भाडादर व्यवस्थित गर्नुपर्छ

images
images
images
बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • सिद्धार्थ सञ्जालले भन्यो : ट्याक्सी र ई–रिक्साको भाडादर व्यवस्थित गर्नुपर्छ

    भैरहवा, १७ फागुन ।
    सिद्धार्थ सञ्जाल, रुपन्देहीले बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत रुपन्देही जिल्लाभित्र सञ्चालन हुने ट्याक्सी र ई–रिक्साको भाडादर व्यवस्थित गर्न माग गरेको छ । सञ्जालले बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै यस विषयमा सहजीकरण गरिदिन माग गरेको हो ।

    images

    त्यस्तै बेलहिया पर्यटक प्रहरीले पर्यटकप्रति सम्मानपूर्ण व्यवहार गर्नुपर्ने, निर्माणाधिन अवस्थामा रहेको बेलहियाको ६ लेन सडक यथाशिघ्र सम्पन्न गर्न पहल गर्नुपर्ने सञ्जालको माग रहेको अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

    त्यसै गरी लुम्बिनी विकास कोषका १९ वटा पर्यटकीय विद्युतीय सवारीसाधनहरुको भाडा दररेट निर्धारण गरी सञ्चालन र व्यवस्थित गर्नुपर्ने र सर्भरको समस्याले भन्सारमा यात्रु, पर्यटक र उद्योगी व्यवसायीहरुलाई असुविधा पर्न गएकाले भन्सारको सर्भर समस्या निराकरण गर्न अविलम्ब पहल गर्नुपर्ने सञ्जालको माग रहेको महासचिव संजय बजिमयले बताए ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने, ‘नेपाल आउने पर्यटकलाई जति सुविधा दिन सकिन्छ त्यति नै अन्य देशमा सकारात्मक सन्देश जान्छ । पर्यटक नेपाल आउँदा ७–८ ठाउँमा गरिने चेकिङले हैरानी भयो । ’ कसैले पनि मनपरी गर्न नहुने श्रेष्ठले बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले ट्याक्सीको भाडादर तोक्ने र व्यवस्थित गर्ने विषयमा छलफल अघि बढाउने तथा अनुगमन गरिने बताए । उनले भने, ‘सडकको विषयमा सम्बन्धित निर्माण व्यवसायीलाई भनिएको छ । ’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij