images

सोमवार, बैशाख १७ गते २०८१

पर्यटक चढेका गाडीलाई धेरै ठाउँमा चेकजाँच गर्दा नकारात्मक सन्देश जान्छ : मन्त्री पाण्डेय

पर्यटक चढेका गाडीलाई धेरै ठाउँमा चेकजाँच गर्दा नकारात्मक सन्देश जान्छ : मन्त्री पाण्डेय

images
images
images
शनिवार, फाल्गुण १९ २०८०
शनिवार, फाल्गुण १९ २०८०
  • पर्यटक चढेका गाडीलाई धेरै ठाउँमा चेकजाँच गर्दा नकारात्मक सन्देश जान्छ  : मन्त्री पाण्डेय

    भैरहवा, १९ फागुन ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बेलहिया नाका हुँदै धेरै पर्यटक आउने र पर्यटकका सवारीसाधनलाई धेरै ठाउँमा चेकजाँच गर्दा नकारात्मक सन्देश जाने बताएका छन् । उनले एकजना पर्यटकले दुःख पाए त्यो पर्यटकले आफ्नो देश फर्केपछि दुःख पाएको कुरा एक सय जनालाई भन्ने भएकाले चेकजाँचलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । चेकजाँचका नाममा पर्यटकलाई दुःख दिन नहुने उनले बताए ।

    images

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६५ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘भारतमा जाँदा एक ठाउँमा चेकजाँच भएपछि फेरी हुँदैन । तर, नेपालमा पर्यटक आइसकेपछि ठाउँठाउँमा चेकजाँच हुन्छ । ’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रकृतिले नेपाललाई पर्यटनको राष्ट्र बनाएको बताए । उनले धेरै पर्यटक भित्र्याएर नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ भने किन नबनाउने भन्दै प्रश्न गरे ।

    WhatsApp Image 2024-03-02 at 12.20.19 PM (1).jpeg

    उनले नयाँ नेपाल नभइ व्यवस्थित र आर्थिक रुपमा सम्पन्न नेपाल बनाउनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेयले भने, ‘अहिले उद्योगी–व्यवसायी पीडित छन् । विभिन्न बहानामा उद्योगी–व्यवसायीलाई दुःख दिने काम बन्द गरौं । जुन देशमा नेता र कर्मचारी आर्थिक रुपमा सम्पन्न हुन्छन् । त्यो देश कहिल्यै आर्थिक रुपमा सम्पन्न हुन सक्दैन । ’

    उद्योगी–व्यवसायी र आम नागरिकको पक्षमा काम गर्दै देशलाई विकसित बनाउनुपर्ने उनले धारणा राखे । सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

    काठमाडौंलाई मात्र नेपाल नसोच्न उनले आग्रह गरे । अरबौंको लगानीमा निर्माणसम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न मन्त्री पाण्डेयले पराष्ट्रमन्त्री एनपी साउदसमक्ष आग्रह गरे । उनले जनताले नेतृत्वबाट परिणाम खोजेको बताए ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदेश सरकारले आयोजना गर्न लागेको लोरेट एण्ड लिडर (शिखर) सम्मेलनमा २२ वटा राष्ट्रका नोबल पुरस्कार विजेताहरुको सहभागीताले लुम्बिनीको ब्राण्डिङमा सहयोग पुर्याउने उनको भनाइ छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij