
सोमवार , फाल्गुण २१, २०८०
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् ।
सहीद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा प्रचण्डले बामपन्थीहरुलाई एकठाँउमा ल्याउदै बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका हुन् ।
उनले अहिले नेपाली राजनीतिको निरन्तरतामा क्रम भंग भएको जिकिर गरे । प्रतिक्रियावादीले आफुलाई प्रयोग गरे त्यसलाई चिर्न आफुले सक्ने र प्रतिक्रियावादीले भनेजस्तो आफु अविश्वसनिय नभएको उनले बताए । आफुलाई सक्काउन बेला बेलामा धेरै प्रयास हुने गरेको भन्दै प्रचण्डले आफु नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गरे ।
माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदि भएको बताए । उनले सहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सवै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको धारणा राखे ।
उनले आफु नेतृत्वको सरकारले जनयुद्ध दिवसको घोषणा गरेको भन्दै छुटेका सहीदहरुलाई पनि राष्ट्रिय सहीद घोषणा गर्ने क्रममा रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij