२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई मंहगो सावित : कोइराला

मंगलवार , फाल्गुण २२, २०८०

  • 775
    Shares
  • 775
    Shares
  • भैरहवा, २२ फागुन ।
    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीलाई लक्षित गर्दै कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई मंहगो सावित भएको बताएका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि भन्दै गरेका छन् ।

    उनले भनेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन । भविष्यको लागि सजग बनौं ।’