२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

लुम्बिनीका मुख्यमन्त्री चाैधरीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त

बुधवार , फाल्गुण २३, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । अर्थमन्त्री धनबहादुर मास्कि र सहरी विकास मन्त्री कृष्णा केसीलाई मुख्यमन्त्री चाैधरीले बर्खास्त गरेका हुन् ।

    केन्द्रीय राजनितीमा आएकाे फेरवदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादी केन्द्रका २ मन्त्रीलाई बर्खास्त गरिएको हाे । मुख्यमन्त्रीले २ वटा मन्त्रालय आफू संगै राखेका छन् ।