२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

लुम्बिनीमा माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता

बुधवार , फाल्गुण २३, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  •  दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादीबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेपछि माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ ।

    लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरी नेतृत्वमा रहेकाे सरकारबाट समर्थन फिर्ता लिदै माओवादी सरकारबाट बाहिरिएको हाे । बैशाख १४ गते डिल्लीबहादुर चाैधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी लगायत ८ राजनितीक दलकाे समर्थनमा सरकार बनेकाे थियाे ।

    केन्द्रीय राजनितीमा आएकाे फेरबदलका कारण लुम्बिनीमा पनि एमाले-माओवादीलगायत दलकाे सरकार बनाउन गृहकार्य सुरु भएको छ ।