२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छ : अध्यक्ष लिङ्देन

बुधवार , फाल्गुण २३, २०८०

काठमाडौं, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकुल बन्दै आएको बताए ।

उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए । उनले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए । उनले राप्रपाको व्यवस्था परिवर्तन मुल मुद्दा रहेको बताए ।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताए ।