२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा भन्सार छलेर ल्याइएको दुईलाख बराबरको सामान बरामद

बुधवार , फाल्गुण २३, २०८०

भैरहवा, २३ फागुन ।
रुपन्देहीमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मंगलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी मूल्य दुईलाख बराबरको सामान बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको सामानमा पिच्कारी २३० पिस, बच्चाको जुत्ता र चप्पल ३२ जोर, जेन्स जुत्ता १३७ जोर, टिसर्ट ३५ पिस, रंग १९ प्याकेट र बेलुन १५ प्याकेट रहेका छन् ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।