२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काएको कांग्रेसको निष्कर्ष

बिहिवार , फाल्गुण २४, २०८०

  • 892
    Shares
  • 892
    Shares
  • काठमाडौं, २४ फागुन ।  नेपाली कांग्रेसले प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काएको निष्कर्ष निकालेको छ ।

    संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकले नेपालको संविधानको रक्षा, परिवर्तनको सुदृढिकरण गर्दै दिगो शान्तिका साथै बिकास र समृद्धि तथा स्थायीत्वका लागि गठबन्धन बनाएपनि प्रधानमन्त्रीले विश्वासघात गरेर गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो ।

    बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले गठबन्धनप्रति कांग्रेसले इमान्दारीता देखाएको भन्दै कपोलकल्पित कारणहरु देखाएर गठबन्धन भत्काउने प्रधानमन्त्रीको कदमलाई राजनीतिक बेइमानीका रुपमा लिएको बतए । प्रधानमन्त्रीको राजनीतिक बेइमानीलाई ठहर गरेर प्रधानमन्त्रीलाई दिएको समथर्न समेत फिर्ता लिने निर्णय भएको उनले जानकारी दिए ।

    बैठकले पार्टीका सांसदहरुलाई देश जनताका हितमा प्रभावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्देशन दिएको छ