२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सत्ता केन्द्रित पार्टीहरुलाई राप्रपाको चेतावनी : पर्सि नै राप्रपा चाहियो भन्ने दिन नआओस्

बिहिवार , फाल्गुण २४, २०८०

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खाजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन् । 

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरे । उनले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताए । उनले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताए । उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिए । 

उनले भने, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भने । त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ । हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौँ ।

राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्नेकुराको भ्रम नरहोस् । त्यसलाई नोटिसमा राखेका छौँ । तपाईको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् । हामी यो सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टी हो ।’ 

उनले समग्र देशको अवस्था ठिक नरहेको बताउ । उनले देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको बताए ।