images
images

शनिवार, जेठ ५ गते २०८१

लगानी सम्मेलनका लागि पूर्वअर्थमन्त्री डा. खतिवडाका पाँच सुझाव

लगानी सम्मेलनका लागि पूर्वअर्थमन्त्री डा. खतिवडाका पाँच सुझाव

images
images
images
आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • लगानी सम्मेलनका लागि पूर्वअर्थमन्त्री डा. खतिवडाका पाँच सुझाव

    पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले लगानी सम्मेलन सफल बनाउनको लागि सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् । पूर्वअर्थमन्त्री डा.खतिवडाले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलन अघि सरकारले राजदुतावासमार्फत कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएका हुन् । उनले लगानी सम्मेलनलाई सफल बनाउनको लागि कुटनीतिक पहल गर्न राजदुतहरुलार्ई सक्रिय बनाउनुपर्ने बताए ।

    images
    images
    images

    डा.खतिवडाले लगानी सम्मेलनको सरकारले औचित्य पुष्टि गर्नसक्ने अवस्था नभएको बताए । उनले सरकारले लगानी सम्मेलन गर्दा लगानी सम्मेलनको औचित्य पुष्टि हुन जरुरी रहेको धारणा राखे । डा.खतिवडाले अहिले लगानी सम्मेलन गर्ने उचित समय नभएको बताए । उनले मुलुकमा कुनै नयाँ परिस्थिति सिर्जना नभएकाले हतारमा लगानी सम्मेलन गर्नु आवश्यक नदेखिएको बताए । उनले अघिल्ला लगानी सम्मेलन मुलुकमा नयाँ संविधान र संविधानमा भएका निजी क्षेत्रसँग सम्बन्धि भएका व्यवस्था चिनाउने र अवसर देखाउन सम्मेलन आवश्यक भएको बताए ।

    उनले नेपाल लगानीको लागि सम्भाव्य गन्तव्य नेपाल भएको कुरा विदेशी राजदुतहरुले पनि आफ्नो देशलाई भन्न सक्नुपर्ने धारणा राखे । डा.खतिवडाले लगानी सम्मेलनको लागि सरकारले सबै दातृ निकायहरुलाई परिचालन गर्नुपर्ने उल्लेख गरे । डा. खतिवडाले सरकारले कुटनीतिक पहल गर्न ढिला भएको भन्दै कम्तिमा ३ महिना अगाडि तयारी गर्नुपर्ने बताए ।  ढिलो गर्दा लगानी सम्मेलनको अर्थ नहुने दाबी गरे । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई देखाउने आयोजनाहरु तयार बनाउन सुझाव दिए । डा.खतिवडाले सरकारसँग सम्भाव्यता भएका र विस्तृत सम्भाव्यता डिपीआर भएका आयोजनाहरुलाई देखाउन सक्नुपर्ने बताए । त्यस्ता आयोजनाका लागि लगानी बोर्ड र उद्योग मन्त्रालयको बीचमा समन्वय आवश्यक रहेको बताए । उनले लगानी बोर्ड र उद्योग मन्त्रालयलाई पनि लगानी सम्मेलन सफल बनाउन अर्थ मन्त्रालयलेसँगै लिएर हिँड्नुपर्ने बताए । उनले सरकारले लगानी सम्मेलन छोटो समयमा गर्न लागेकाले लगानी सम्मेलनको लागि समय नपुग्ने अवस्था रहेको उल्लेख गरे ।

    पूर्वअर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनलाई थप व्यवस्थित बनाउनको लागि नेपाली निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्ने बताए । उनले पछिल्लो समय मुलुक भित्रैकै निजी क्षेत्रको मनोबल कमजोर रहेकाले सरकारले विश्वासमा लिएर मनोबल बनाउन सुझाव दिए । निजी क्षेत्रलाई आतँकित र धरपकट गरेर लगानी सम्मेलन सफल बन्न नसक्ने धारणा राखे ।

    उनले निजी क्षेत्रलाई आतांकित पार्ने,राजश्व अनुसन्धान,अख्तियार,सिआईबी भन्दा पनि वैकल्पिक विधिको प्रयोग गरेर समस्या समाधान गर्न सुझाव दिए । डा. खतिवडाले विगतको लगानी सम्मेलनका विषयमा समिक्षा गर्न आवश्यक रहेको बताए । उनले विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धता र लगानी कार्यान्वयनको विषयमा समिक्षा गर्न जरुरी रहेको बताए ।

    उनले विगतको लगानी सम्मेलनमार्फत कम्पनी ऐन,बौद्धिक सम्पती माथिको अधिकार सम्बन्धि ऐन,विदेशी विनिमय सम्बन्धि ऐन,दामासाही सम्बन्धि ऐन नयाँ बनाउने, निजी लगानी गर्ने वैकल्पिक सम्बन्धि प्रभाभेट इकुटी,भेन्चर क्यापिटल र हेज फण्ड जस्ता उपकरणहरुलाई प्रयोग गर्ने भनिएको बताए । उनले यो विषयमा कति काम भयो मूल्याङ्कन गर्न आवश्यक रहेको बताए । अघिल्लो सम्मेलन प्रतिवद्धता भएका सफल आयोजनाहरु लगानी सम्मेलनमा देखाउन योग्य छन् वा छैन त्यो विषयमा पनि सरकार तयारी अवस्थामा रहन सुझाव दिए । अहिले सरकारसँग विदेशी लगानीकर्तालाई देखाउने परियोजनाहरु नभएको दाबी गरे ।

    डा.खतिवडाले लगानी सम्मेलन सफल बनाउन दिएका पाँच सुझावः

    • १.लगानी सम्मेलन कुनैपनि सामान ग्राहकसम्म पुर्‍याउनु हो । लगानीको सम्भावना हामीसँग छ । त्यो हाम्रो उत्पादन हो । त्यसलाई लगानीकर्तासम्म पुर्‍याउन सम्मेलन गर्ने हो । लगानी सम्मेलन गर्नुको औचित्य पुष्टि हुनुपर्छ । देशमा राजनीतिक परिर्वतन भयो,नयाँ विचारधार भएको पार्टीको सरकार आयो वा देशभित्र एकदमै धेरै अवसरहरु सिर्जना भए के कारण लगानी सम्मेलनको आवश्यकता पर्‍यो । लगानी सम्मेलनको आवश्यकता पनि हेर्नुपर्छ । अघिल्लो सरकारले लगानी सम्मेलन गर्दा म आफैँ संयोजक थिएँ । त्यो बेलामा संविधान देशमा बनेपछि बनेको संविधानले के अवसर सिर्जना भए भनेर मुलुकको संविधान र संविधानमा भएका निजी क्षेत्रसँग सम्बन्धि भएका व्यवस्था चिनाउने र अवसर देखाउन सम्मेलन गरिएको थियो । त्यो बाहेक कम्युनिष्ट पार्टीहरु सरकारमा आएका थिए । कम्युनिष्ट पार्टीहरुको निजी क्षेत्रको लगानीप्रति कस्तो धारणा रहेछ भन्ने सशंकित हुने सम्भावना थियो । त्यो बेला विद्यमान ऐन,कानून,नीति नियमलाई प्रवद्र्धन गर्ने हो । निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्ने हो । त्यसको लागि वाह्य पुँजी सरकारलाई चाहिन्छ भन्ने विश्वास गराउनको निम्ति लगानी सम्मेलन गरिएको थियो । तर अहिले त्यो परिस्थिति छैन । कुन परिस्थितिमा के को लागि लगानी सम्मेलन गर्न खोजिएको हो भन्ने स्पष्ट छैन ।
    • २.पहिलो लगानी सम्मेलनपछि भनेका कुराहरु पूरक कानूनहरु बनाउँछौं भनेका थियौं । पहिलो लगानी सम्मेलनमा तीनवटा कानून संशोधन गरेर लगानी सम्मेलन गरिएको थियो । त्यो बेलामा हामीले कम्पनी ऐन नयाँ बनाउँछौं,बौद्धिक सम्पती माथिको अधिकार सम्बन्धि ऐन नयाँ बनाउँछौं,विदेशी विनिमय सम्बन्धि ऐन नयाँ बनाउँछौं,दामासाही सम्बन्धि ऐन अर्को बनाउँछौं,निजी लगानी गर्ने वैकल्पिक सम्बन्धि प्रभाभेट इकुटी,भेन्चर क्यापिटल र हेज फण्ड जस्ता उपकरणहरुलाई प्रयोग गरेर गर्न सकिने प्रणाली विकास गर्छौं । लगानीको लागि एकद्वार प्रणाली सुनिचित गर्छौं भनेर लगानी सम्मेलन सकाएका छौं । त्यसपछि अहिलेसम्म त्यो बेलामा भनेका कुराहरु केके भए ? नयाँ कानून,पूर्वाधार के बने ? एकद्वार प्रणाली कति बन्यो । त्यो बेलामा हस्ताक्षर गरेका आयोजनाहरुको स्थिति के भयो ? हाम्रो सफलता कति भयो । अघिल्लो सम्मेलनबाट अहिलेसम्म आउँदा यी आयोजनाहरु यहाँ पुगे भनेर दुनियाँलाई देखाउनुपर्ने हो । तर नेपाल सरकारसँग ती केही पनि छैनन् । अरुण त्यही बेला अगाडि बढेको थियो । अहिले अरु एक दुई वटामा एमओयु गरेका छौं । कुनै कार्यान्वयनमा अगाडि बढेका छ्रैनन् । त्यसले गर्दा अहिले सरकारसँग विदेशी लगानीकर्तालाई देखाउने परियोजनाहरु छैनन् । लगानी सम्मेलन गर्नुपर्ने नयाँ परिस्थिति पनि होइन । नयाँ संविधानपछि दोस्रो निर्वाचनपछिको सरकार हो । जुन विगतको सरकारको निरन्तरता हो ।
    • ३.लगानीकर्तालाई देखाउने नेपाल सरकारसँग आयोजनाहरु तयार छन कि छैनन् । आयोजनाहरुको लिस्ट मात्रै दिन्छौं वा सामान्य पूर्वसम्भाव्यता अध्ययन गरेका आयोजना मात्रै देखाउँछौं । सरकारसँग सम्भाव्यता भएका आयोजनाहरु पनि छन् । विस्तृत सम्भाव्यता डिपीआर भएका आयोजनाहरु पनि तयार छन् । ती आयोजनाहरु कति छन् । त्यस्ता आयोजना राख्ने लगानी बोर्ड र उद्योग मन्त्रालय हो । लगानी बोर्ड र उद्योग मन्त्रालयको बीचमा समन्वय छ वा छैन । लगानी सम्मेलन गर्ने भन्दै गर्दा यी दुई निकायलाई सरकारले कतिसँगै लिएर अर्थमन्त्रालयले हिडेको छ ? यो मैले बुझ्दा कुरा के हो भने अहिले त्यस्तो भइराखेको छैन । यो–यो छ भन्ने जस्तो मात्रै छ । लगानी सम्मेलनको लागि समय पुग्दैन ।
    • ४.लगानी सम्मेलन गर्दा कुटनीतिक पहल गर्न जरुरी छ । नेपाल लगानीको लागि सम्भाव्य गन्तव्य हो भन्ने कुरा यहाँ बसेका विदेशी राजदुतहरुले पनि आफ्नो देशलाई भन्नुपर्छ । म अर्थमन्त्री भएको बेलामा कुनै एउटा देशको राजदुतले कानूनहरु बनेका छैनन् । लगानी सम्मेलन गर्ने बेला भएको छैन भन्नुभयो । यस्तो अवस्था अहिले पनि नहोला भन्न सकिँदैन । त्यो बेला सबै दातृ निकायहरुलाई समेत परिचालन गरिएको थियो । यस्तो तयारी सरकारले गर्नुपर्छ । सरकारले गरेको जस्तो लाग्दैन, गर्न ढिला भइसक्यो । कम्तिमा ३ महिना अगाडि यस्तो तयारी गरीन भने यसको अर्थ हुँदैन ।
    • ५.नेपाल भित्रको निजी क्षेत्र कहाँ छ ? के भन्छ निजी क्षेत्रले ? निजी क्षेत्रले यतिबेला मनोबल गिरेको छ,नेपालको एतिहासमा यति कमजोर भएका थिएनौं,निजी क्षेत्र माथि यति ठूलो हस्तक्षेप भएको थिएन । निजी क्षेत्रसँग सम्बन्धित ठूला छाता सङ्गठन मात्रै होइन सबैले यस्तो भनि रहेका छन् । देशभित्र गल्ती गर्नेलाई कारबाही र कानूनको दायरामा ल्याउनुपर्छ । सरकारको सम्पतीलाई संरक्षित गर्नुपर्छ । तर त्यसका शैली तरिकाहरु फरक हुन्छन् । सरकार आफैँ निजी क्षेत्रलाई आतांकित पार्ने,राजश्व अनुसन्धान,अख्तियार,सिआईवीलाई कसरी निजी क्षेत्रको समस्यालाई हल गर्ने वैकल्पिक विधि पनि हुन्छ होला । त्यो नगरेर धरपकड गरेको छ । थुनछेक गरेको छ । सरकारको के कुरा मिल्दैन समाएको छ । के कुरा मिल्छ छाडेको छ । देशभित्रको निजी क्षेत्रको सम्पूर्ण मनोवल गिरेको बेलामा लगानी सम्मेलनमा मुलुकमित्रका लगानीकर्ताको सहभागिता कस्तो होला ? सरकारले देशभित्रको निजी क्षेत्रका लगानीकर्तालाई विश्वासमा लिन सक्नुपर्छ । —न्युज एजेन्सी नेपाल

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij