२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ठूलाखर्क सेवा समाजले मनायो वार्षिकोत्सव

आइतवार , फाल्गुण २७, २०८०

बुटवल, २७ फागुन ।
ठूलाखर्क सेवा समाज रुपन्देहीले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । शंकरनगर वनवाटिकामा एक समारोहको आयोजना गरी समाजले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै समाजका संरक्षक अग्रज पत्रकार अर्जुन ज्ञवालीले समाजले विभिन्न समयमा रचनात्मक काम गर्दै आएको भन्दै यसको दीगोपनाका लागि सबै सदस्यहरु सक्रिय रुपले लाग्नुपर्नेमा जोड दिए ।

समाजका अर्का संरक्षक मोहन ज्ञवालीले समाजले हालसम्म गरेका राम्रा कामहरुबाट प्रेरणा लिंदै आगामी योजना तय गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा समाजका सल्लाहकार हेमनाथ ज्ञवाली, प्रेस सल्लाहकार लक्ष्मण पौडेललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। 
त्यस अवसरमा समाजका अध्यक्ष टामलाल ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समाजले ८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई पनि सम्मान गर्दै आएको सचिव किशोर ज्ञवालीले जानकारी दिए । कार्यक्रमका अवसरमा समाजलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

अघाँखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ स्थित ठूलाखर्क स्थायी घर भइ विभिन्न पेशा व्यवसायको सिलसिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरुमा आइ बसोबास गर्नेहरुले २ वर्षअघि ठूलाखर्क सेवा समाज स्थापना गरेका हुन् ।