२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

आइतवार , फाल्गुण २७, २०८०

काठमाडौं, २७ फागुन । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ ।

आईतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोक्नुभएको हो । उनले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिइन् । 
बैठकमा बोल्दै उनले भनिन् – ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छु । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सुचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।