२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन : राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार दाहाल

सोमवार , फाल्गुण २८, २०८०

काठमाडौं, २८ फागुन । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताएका हुन् । उनले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताए । उनले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पुर्‍याउन आफ्नो भुमिका हुने बताए । उनले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि बताए । दाहालले तत्काल बनाउनुपर्ने कानूनहरुमा ध्यान दिइने बताए ।

दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीको प्रश्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा(एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् ।