२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

म निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्छु : राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार शर्मा

सोमवार , फाल्गुण २८, २०८०

काठमाडौं, २८ फागुन । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताएका हुन् । उनले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताए । उनले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताए ।

उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको प्रश्ताव र काँग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् ।