२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहालाई विश्वासको मत दिने

मंगलवार , फाल्गुण २९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । 


मंगलवार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको बताए । उनले सरकारलाई सबै सांसदहरुले विश्वासको मत दिने र त्यसका लागि प्रमुख सचेतकले ह्वीप जारी गरेको बताए ।

उनले जिम्मेवारी बाँडफाँट, संवैधाननिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भुमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताए। 

प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताए । — न्युज एजेन्सी नेपाल