२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्री शर्माको प्रश्नः धोका खाएकाहरु एक भए तपाईको हालत के होला ?

बुधवार , फाल्गुण ३०, २०८०

काठमाण्डाै, ३० फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र काँग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरु मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको समेत बताए ।

उनले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औंल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरुबीच एक होऔं भन्ने नारा लाग्न सक्ने दाबी समेत गरे ।

महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।