
बिहिवार , चैत्र १, २०८०
काठमाण्डाै, १ चैत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताएका छन् ।
बिहीवार काठमाडौंमा राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धन मञ्च एवं उपभोक्ता संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपभोक्ता अदालत अनिवार्य रहेको पनि बताए ।
उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताको हीत, अधिकारलाई संरक्षण गर्न सकिने बताए । उनले सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औंल्याएकाले आफू छिटो भन्दा छिटो स्थापनाका लागि पहल गर्ने बताए ।
उनले आफू मन्त्री रहँदा नै उपभोक्ता अदालत स्थापना गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले आफू मन्त्री हुँदै उपभोक्ता अदालत स्थापनाको गर्ने प्रतिवद्धता जनाए । उनले गुणस्तरहीन वस्तु र सेवाको कारणले मानवलाई हुने क्षति, मानव स्वास्थ्यमा हुने क्षति वा अन्य प्रकारले हुने नोक्शानका सवालहरुमा नेपालमा संवेदनशील हुने गरेको नपाइएको बताए ।
उहाँले उपभोक्ता ठगिएका विषयहरु सरकारको पहिलो प्राथमिकतामा नपर्दा उपभोक्ताहरु आधारभुत रुपमा अन्यायमा परिरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij