images
images

सोमवार, जेठ ७ गते २०८१

विवादास्पद व्यक्ति गृहमन्त्री नियुक्त गरिएको भन्दै काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

विवादास्पद व्यक्ति गृहमन्त्री नियुक्त गरिएको भन्दै काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

images
images
images
बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • विवादास्पद व्यक्ति गृहमन्त्री नियुक्त गरिएको भन्दै काँग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

    काठमाण्डाै, १ चैत । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले विवादास्पद व्यक्तिलाई गृहमन्त्री नियुक्त गरिएको भन्दै यसप्रति प्रधानमन्त्रीको धारणा माग गरेका छन् ।

    images
    images
    images

    बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पाण्डेले अनुसन्धानको दायरामा भएका व्यक्ति गृहमन्त्री भएको भन्दै यसले सरकारप्रति गम्भिर नैतिक प्रश्न उठेको बताए । उनले सहकारी पीडितहरु आन्दोलनमा उत्रिएको भन्दै आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धानमा प्रभावित हुने बताए ।

    गृहमन्त्री रवि लामिछाने लगानी गर्न नमिल्ने संस्थामा सहकारीको लगानी गरिएको, नमिल्ने शिर्षकमा कर्जा दिएको र सदस्य नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको सघन आरोपमा घेरिएका भन्दै यस्तो प्रकृतिका अन्य दोषिलाई कसरी कारबाही गर्नुहुन्छ भनि उनले प्रश्न समेत गरे । सांसद पाण्डेले पीडितलाई न्याय दिने गुरुत्वर अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभाषमा प्रधानमन्त्रीको धारणा के हो ? भनेर सरकारको धारणा माग गरे । 

    उनले प्रधानमन्त्रीले शिघ्र जवाफ नदिएमा नेपाली काँग्रेस संसदमा कठोरतापूर्वक प्रश्तुत हुने बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij