images

बिहिवार, बैशाख २० गते २०८१

जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

images
images
images
बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

    काठमाण्डाै, १ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताएका छन् ।

    images
    images
    images

    बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्युनिकरण गर्ने प्रयासमा सरकारले काम गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी सरकारले मुख्यतया अनुकुलनका साथै न्युनिकरणका उपायहरू अवलम्वन गरिरहेको जिकिर गरे ।

    मन्त्री यादवले सरकारले स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आइरहेको बताए । न्युनिकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij