२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी पाल्पामा सुरु

बिहिवार , चैत्र १, २०८०

  • 757
    Shares
  • 757
    Shares
  • तिलोत्तमा, १ चैत । 
    तिलोत्तमा व्यापार संघको कार्यशाला गोष्ठी बिहीबारदेखि पाल्पामा सुरु भएको छ । संघको रणनीतिक योजना निर्माण एवं संस्थागत सबलीकरणको लक्ष्यसहित कार्यशाला गोष्ठी सुरु भएको हो । गोष्ठीले आगामी तीनवर्षका लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गर्ने छ ।

    चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले आम व्यवसायीहरुका समस्यालाई पहिचान गरी समाधानको उपाय खोजी गर्ने गरी नेतृत्वदायी भूमिका खेल्न संघलाई सुझाव दिए । 

    त्यस्तै नेकपा (एमाले) रुपन्देहीका सचिव यज्ञ गैरेले तिलोत्तमा व्यापार संघलाई आशालाग्दो, भरलाग्दो संगठन बनाउन सकेमात्र सदस्यता विस्तार गर्न सकिने सुझाव दिए । उनले व्यवसायिक हकहितको रक्षा गर्दै व्यवसायीहरु संघमा किन आबद्ध हुने भन्ने प्रश्नको जवाफ दिने गरी संघले आफ्ना कार्ययोजना अगाडि बढाउनुपर्ने बताए ।

    चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश महासचिव एवं संघका संस्थापक अध्यक्ष जेपी कंडेलले संस्थागत हित र व्यवसायीहरुको हक अधिकारको लागि संगठित रुपमा अगाडि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । उनले तीन वर्षे कार्यकालभित्र १५ सय सदस्य पुर्याउने, संघमा आबद्ध सदस्यहरुको दुर्घटना बीमा, उद्योगी–व्यवसायीका लागि स्वास्थ्य शिविरको सञ्चालन, अस्पतालमा सहुलियत उपचारको प्रबन्ध, नेतृत्व विकास, व्यवसायीमुखी तालिम जस्ता क्रिायकलापहरु अगाडि बढाउन सके व्यवसायीहरुलाई आकर्षित गर्न सकिने बताए । 

    कार्यक्रममा संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले उद्योगी र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदैे व्यवसायिक क्षमता र दक्षता विकासका लागि अगाडि बढ्ने अठोटका साथ कार्यशाला गोष्ठी आयोजना गरिएको बताए ।

    संघका महासचिव चेतनारायण विश्वकर्माले उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सिर्जना गर्ने गरी संस्था अगाडि बढ्ने बताए । दुईदिने कार्यशाला गोष्ठीमा चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले सहजीकरण गरेका छन् ।