२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

रास्वपाकाे आसन फेरिएको हो, चरित्र फेरिएको छैन : सांसद पराजुली

बिहिवार , चैत्र १, २०८०

  • 943
    Shares
  • 943
    Shares
  • काठमाण्डाै, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारमा रहँदा पनि जनताका आवाज मर्न नदिने बताएका छन् ।

    बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरुको आसन मात्रै फेरिएको र चरित्र पुरानै रहेको भन्दै उहाँले जनताका आवाज उठाउने कुरामा नै आफूहरु केन्द्रित हुने बताए । उनले सदनमा क्यालेण्डर लागू भएको कुरा रास्वपाकै देन रहेको बताए ।

    उनले न्युनतम साझा कार्यक्रमअन्तर्गत नै रास्वपाको सरकारमा उपस्थिति रहेको बताए ।