२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छ : सांसद किराँती

शुक्रवार , चैत्र २, २०८०

काठमाण्डाै, २ चैत । नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्युनिकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए । उनले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्युनिकरणका लागि काम गर्नुपर्ने बताए ।

उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्युनिकरणका लागि ध्यान पुर्‍याउन नसकेको बताए ।