images

बिहिवार, बैशाख २७ गते २०८१

काँग्रेस सांसद केसीले भने–पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

काँग्रेस सांसद केसीले भने–पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

images
images
images
शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • काँग्रेस सांसद केसीले भने–पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

    काठमाण्डाै, २ चैत ।  नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरेका छन् ।

    images
    images
    images

    शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन् । उनले आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने माग समेत गरे । त्यस्तै सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो नै संसदमा सुनाउन माग गरे ।

    सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारीको पैसाबाट ४६ लाख रुपैयाँमा गाडी चढेको भन्दै सहकारी सदस्य नै नभएको व्यक्तिले सहकारीको पैसा चलाउनु आपत्तिजनक भएको बताए । उनले गृहमन्त्री लामिछानेलाई मन्त्री स्वीकार्न आफूहरु तयार नभएको स्पष्ट पारे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij