२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शुक्रवार , चैत्र २, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २ चैत ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट शुक्रबार (आज) प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ ।

    घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।