२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नयाँ शैक्षिक सत्रका लागि पाठयपुस्तक विक्रीवितरण सुरू

शनिवार , चैत्र ३, २०८०

बुटवल, ३ चैत । 
आगामी शैक्षिक सत्रका लागि सरकारी पाठ्यपुस्तकको विक्रीवितरण थालिएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पुर्याउने उद्देश्यले  सिजनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड, बुटवलले सामूदायिक विद्यालयका पाठ्यपुस्तक विक्रीवितरण सुरू गरेको हो । 

सिजनशील संस्थाले निजी मुद्रण उद्योगले प्रकाशन गरेका कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयका नेपाली र अंग्रेजी माध्यमका पुस्तक विक्री गर्दै आएको छ । सिजनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडका अध्यक्ष मनहरि बस्यालले आउँदो शैक्षिक सत्रको लागि पुस्तकको विक्री थालिएको जानकारी दिए । ‘नयाँ शैक्षिक सत्रको लागि ४० हजार सेट पुस्तक तयारी अवस्थामा छन, ’उनले भने ।

यसले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने अवस्था देखिएको छ ।  बस्यालले भने, ‘नयाँ शैक्षिक सत्र वि.स.२०८१ मा विद्यार्थीलाई पुस्तकको अभाव हुँदैन । अन्य आवश्यक भए पनि हामीले तत्काल ल्याएर पुर्याउन सक्छौं ।’ सिजनशीलले साविक पश्चिमाञ्चल क्षेत्रका १६ वटा जिल्लामा पाठ्यक्रम विकास केन्द्रले तयार गरेका कक्षा ५ सम्मका पाठयपुस्तक र मसलन्द सामग्री विक्री गर्दै आएको छ । नेपाल सरकारको तोकेको मूल्यमा विक्रेताहरुले पुस्तक संस्थाले विक्री गर्दै आएको छ । 

संस्थाका पूर्वअध्यक्ष कृष्ण प्रसाद पाण्डेले पुस्तकसँगै संस्थाले गुणस्तरीय सृजनशील कपी पनि बजारमा ल्याएको बताए । उपभोक्ता र व्यवसायीलाई न्याय हुने गरी लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको ‘कभर’ भएका तस्विरसहितका ६४ ग्राम पेपरको कपी पनि उत्पादन गरी विक्रीका लागि ल्याएको बताए । यो वर्ष सिजनशील कपी ५ लाख विद्यार्थीको हातमा पुर्याउने लक्ष्य रहेको पूर्व अध्यक्ष पाण्डेको भनाइ छ । 

929f7eb2-e86f-4eeb-ba31-c1fa8f8b7e23.jpeg

यस क्षेत्रको सिजनशील मसलन्द सामग्री र साहित्यिक पुस्तक उत्पादन र विक्री गर्ने संस्था हो । संस्थाका उपाध्यक्ष दिवाकर घिमिरेले आगामी वर्ष संस्थाले उद्योगको रुपमा जाने गरी हाते कागज उत्पादन गर्ने उद्योग स्थापना गर्न जग्गा खरिदको काम अघि बढेको बताए । ११३ जना शेयर सदस्य रहेको संस्थाको १० करोडको पूँजी छ । संस्थाका कोषाध्यक्ष रामकृष्ण चापागाईले संस्थाले लुम्बिनी प्रदेशका ६ र गण्डकी प्रदेशका १० जिल्लामा शैक्षिक सामग्री विक्री गर्दै आएको छ ।