२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रास्वपाको मिसन भ्रष्टाचार अन्त्य : श्रममन्त्री आर्याल

आइतवार , चैत्र ४, २०८०

काठमाडौं, ४ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्ने रहेको बताए । उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताए । भ्रष्टाचार अन्त्य, बेथिति बिरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने बताए ।

उनले जनताले राज्य र सरकार भएको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाए ।